काठमाण्डौ । इम्पेरियल सेक्युरिटीज कम्पनी प्रा.लि.ले आफ्नो तेस्रो शाखा सुर्खेतको वीरेन्द्रनगरमा संचालनमा ल्याएको छ । 

शुक्रबार बिहान एक समारोहकाबीच यो कम्पनीले तेश्रो शाखाबाट कारोबार थालेको हो । 

वीरेन्द्रनगरको जुम्लारोडमा ब्रोकर शाखा विस्तार गरेको इम्पेरियलले शाखा उद्घाटन कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.रेवतबहादुर कार्की, नेप्सेका सीइओ चन्द्रसिंह साउद विशिष्ट अतिथि रहेकाथिए । इम्पेरियलका सञ्चालक भक्तिराम घिमिरेको सभापतित्वमा उद्घाटन समारोहमा सम्पन्न भएको थियो ।

शुक्रबार नै वीरेन्द्रनगरको शुभ होटलमा प्रदेशका आर्थिक योजना तथा मामिला मन्त्री प्रकाश ज्वालाको प्रमुख आतिथ्यमा सेयर सचेतना कार्यक्रम समेत सम्पन्न भएको छ । 

कार्यक्रममा बोल्दै मन्त्री ज्वालाले विकासको ढोका खोलिएको उल्लेख गर्दै आर्थिक सम्भावना बोकेको सुर्खेतमा लगानीको अवसर खुलेकोमा प्रशन्न रहेको बताए ।

कार्यक्रममा ४० स्थानीय आर्थिक पत्रकारहरुलाई पूँजीबजारसम्बन्धी तालिम र प्रशिक्षण समेत दिइएको थियो। 

कार्यक्रममा उद्योग वाणिज्य संघका प्रतिनिधिहरु र स्थानीयवासीहरु समेत गरी ८० जनाको उल्लेख्य सहभागिता रहेको थियो । 

प्रशिक्षण कार्यक्रममा धितोपत्र बोर्डका तर्फबाट अम्बिकाप्रसाद गिरी, नेप्सेका प्रभाकर घिमिरे र इम्पेरियलका भक्तिराम घिमिरेले सहजीकरण गरेका थिए ।

इम्पेरियल सेक्युरिटीजले यसअघि नेपालगञ्जमा शाखा विस्तार गरिसकेकोमा सुर्खेतमा यो तेस्रो शाखा रहेको कम्पनीले जनाएको छ । कम्पनीको केन्द्रीय कार्यालय काठमाण्डौ अनामनगर रहेको छ भने चुक्तापूँजी २ करोड रहेको छ । कम्पनीको नेटवर्थ हाल ७ करोड १९ लाख रहेको छ ।