काठमाण्डौ । सिभिल बैंकले सुर्खेतको छिञ्चुमा नयाँ शाखा कार्यालय स्थापना गरी औपचारिक रुपमा कारोबारको थालनी गरेको छ । 

बैंकले एक समारोहका बीच छिञ्चु शाखाको उद्घाटन गरी कारोबार थालेको हो । 

सो शाखाको भेरीगंगा नगरपालिकाका मेयर भूपेन्द्रबहादुर चन्दले उद्घाटन गरे । 

सो शाखा उद्घाटन समारोहमा स्थानीय लब्धप्रतिष्ठित, व्यवसायी, उद्योगी, सर्वसाधारणसँगै सिभिल बैंकका कर्णाली प्रदेशका प्रमुख शैलेश कार्कीको समेत सहभागिता थियो ।