काठमाण्डौ । दोश्रो बजारमा सूचीकृत संगठित संस्थाहरुले अब धितोपत्र बोर्डले उपलब्ध गराएको ढाँचामा वार्षिक अनुपालना प्रतिवेदन तयार गरी पेश गर्नुपर्ने भएको छ । 

सूचिकृत संस्थाको कामकारबाहीलाई नियमित तथा व्यवस्थित गरी शेयरधनी लगायत सरोकारवालाहरुप्रति उत्तरदायी बनाई संस्थागत सुशासन प्रवद्र्धन गर्नका लागि ओइसिडीको संस्थागत सुशासनसँग सम्बन्धी मुख्य  सिद्धान्त तथा संस्थागत सुशासन सम्बन्धी उत्कृष्ट अन्तर्राष्ट्रिय अभ्यासहरुलाई समेत दृष्टिगत गरी धितोपत्र सम्बन्धी ऐन, २०६३ बमोजिम बोर्डले सूचीकृत सङ्गठित संस्थाहरूको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७४ बनाई २०७५ साउन १ गतेदेखि नै लागू गरेको थियो । 

सो निर्देशिकामा भएको व्यवस्थाहरुको पालना सम्बन्धमा सूचीकृत सङ्गठित सस्ंथाहरूको परिपालना अधिकृतले प्रतिवेदन तयार गरी बोर्डमा पेश गर्नुपर्ने व्यवस्था रहेको छ । 

सो प्रतिवेदनको ढाँचामा एकरुपता ल्याउन बोर्डले संस्थागत सुशासन सम्बन्धी वार्षिक अनुपालना प्रतिवेदनको ढाँचा स्वीकृत गरी आ.ब. २०७५।७६ देखिको बार्षिक प्रतिवेदनमा लागू गर्ने निर्णय गरेको हो । 

उक्त प्रतिवेदनमा मुख्यतया सञ्चालक समिति, सञ्चालकको आचरण तथा अन्य विवरण, संस्थाको जोखिम व्यवस्थापन तथा आन्तरिक नियन्त्रण प्रणाली, सूचना तथा जानकारी प्रवाह, संस्थागत संरचना र कर्मचारी, संस्थाको लेखा तथा लेखापरीक्षण सम्बन्धमा विवरण तयार गरी बोर्डमा पेश गर्नुपर्ने उल्लेख छ । 

विवरणमा के के संलग्न गर्नुपर्छ ? पढ्नुहोस् विस्तारमा:

१. सञ्चालक समिति सम्बन्धीविवरण 

  • संचालक समितिको अध्यक्ष र संचालकहरुको नामतथा ठेगाना, लिएको शेयर संख्या, नियुक्तभएको मिति, प्रतिनिधित्वभएको समूह सम्बन्धीविवरण,
  • संस्थाकोे शेयर संरचना(संस्थापक, सर्वसाधारण तथाअन्य) सम्बन्धीविवरण,
  • सञ्चालक समितिको बैठकमा सञ्चालकवा वैकल्पिक सञ्चालकउपस्थितभए÷नभएको, सञ्चालक समितिको बैठकमा उपस्थित सञ्चालकहरू, छलफल भएको विषय र तत्सम्बन्धमाभएको निर्णयको विवरण (माईन्यूट) को छुट्टै अभिलेख राखे÷नराखेको, सञ्चालक समितिको दुई लगातार बसेको वैठकको अधिकतमअन्तर, संचालक समितिको बैंठक भत्तातथाखर्च सम्बन्धीविवरण सहितसञ्चालक समितिको बैठकसंचालनसम्बन्धीविवरण ।

२. सञ्चालकको आचरण सम्बन्धीतथाअन्यविवरण

  • सञ्चालकको आचरण सम्बन्धमा सम्बन्धित संस्थाको आचार संहिताभए÷नभएको,
  • एकाघर परिवारको एक भन्दा बढी सञ्चालकभए सो सम्बन्धीविवरण तथा संचालकहरुको आचरण सम्बन्धीअन्यविवरण,
  • प्रत्येक सञ्चालकले आफू सञ्चालकको पदमानियुक्तवामनोनयनभएको १५दिनभित्र संस्थासँगनिजवानिजको एकाघरको परिवारको कुनै सदस्यले कुनै किसिमको करार गरेको भए सोको विवरण, निजवानिजको एकाघरको परिवारको कुनै सदस्यले संस्थावा सो संस्थाको मुख्यवा सहायककम्पनीमालिएको शेयर वा डिबेन्चर सम्बन्धीविवरण, निजअन्यकुनै सङ्गठित संस्थाको आधारभूत शेयरधनीवा सञ्चालक रहेको भएसो विवरण, निजको एकाघरको परिवारको कुनै सदस्य संस्थामापदाधिकारी वाकर्मचारीको हैसियतमाकामगरिरहको भए सोविवरणको लिखितजानकारी गराएको/नगराएको र नगराएको भए सोको विवरण । 

३. संस्थाको जोखिमव्यवस्थापनतथाआन्तरिक नियन्त्रण प्रणाली सम्बन्धीविवरण

  • जोखिमव्यवस्थापनको लागिकुनै समिति गठन भए÷नभएको, गठन नभएको भए सोको कारण, जोखिमव्यवस्थापनसमितिको संरचनातथाकार्य सम्बन्धीविवरण, 
  • आन्तरिक नियन्त्रण कार्यविधि भए/नभएको, आन्तरिक नियन्त्रण प्रणालीको लागिकुनै समिति गठन भए÷नभएको, गठन नभएको भए सोको कारण, आन्तरिक नियन्त्रण प्रणाली समितिको संरचना, समितिको बैठक संख्यातथा  समितिको कार्य सम्बन्धी छोटो विवरण ।

४. सूचना तथा जानकारी प्रवाह सम्बन्धी विवरण

  • बार्षिक तथाविशेष साधारण सभाको सूचना, बार्षिक तथा त्रैमासिकप्रतिवेदनमार्फत सूचनातथाजानकारी प्रवाह सम्बन्धीविवरण,
  • धितोपत्रको मूल्यमाप्रभावपार्ने मूल्य संवेदनशील सूचनाप्रवाह सम्बन्धीविवरण,
  • पछिल्लो बार्षिक तथाविशेष साधारण सभाको विवरण ।

५. संस्थागत संरचना र कर्मचारी सम्बन्धी विवरण

  • कर्मचारीहरुको संरचना, पदपूर्ति, वृत्तिविकाश, तालिम, तलव, भत्तातथाअन्य सुविधा, हाजिर र विदा, आचारसंहितालगायतका कुराहरु समेटिएको कर्मचारी सेवाशर्त विनियमावलीव्यवस्थाभए/नभएको सम्बन्धीविवरण,
  • संरचनाअनुसार कर्मचारी पदपूर्ति गर्ने गरिएको/नगरिएको, नयाँकर्मचारीहरुको पदपूर्ति गर्दा अपनाएको प्रकृया, कर्मचारीहरुको सक्सेसन प्लान भए/नभएको, कर्मचारीहरुलाई दिइएको तालिम संख्या तथा सम्मिलितकर्मचारीको संख्या लगायतको विवरण ।

६. संस्थाको लेखातथा लेखापरीक्षण सम्बन्धीविवरण

  • संस्थाको पछिल्लो आ.व. को वित्तियविवरण NFRS नुसार तयार गरे÷नगरेको, नगरेको भए सोको कारण, संचालक समितिमावित्तीयविवरण पेश भएको मिति तथा वित्तीय विवरण प्रकाशन गरेको मिति,
  • आन्तरिक तथाबाह्यलेखापरीक्षण सम्बन्धीविवरण र लेखापरीक्षण समितिको बैठक सम्बन्धीविवरण ।

साथै, संस्थाले सञ्चालकतथानिजको एकाघरका परिवारको वित्तीय स्वार्थ भएको व्यक्ति, बैङ्क तथाबित्तीय संस्थाबाट ऋण वा सापटी वाअन्यकुनै रूपमा रकमलिए÷ नलिएको, सूचिकृत सङ्गठित संस्थाको वित्तीय स्वार्थ भएको कनै व्यक्ति, फर्म, कम्पनी, कर्मचारी, सल्लाहकार वा परामर्शदाताले संस्थाको कुनै सम्पत्तिकुनै किसिमले भोगचलन गरे/नगरेको, नियमकारी निकायले इजाजतपत्रजारी गर्दा तोकेको शर्तहरुको पालना भए/नभएको, नियमकारी निकायले संस्थाको नियमननिरीक्षण वा सुपरीवेक्षण गर्दा संस्थालाई दिइएको निर्देशनपालना भए/नभएको, संस्थावा संचालक विरुद्ध अदालतमाकुनै मुद्दा चलिरहेको भए सो सम्बन्धीविवरण लगायतकाविवरणहरु पेश गर्नुपर्ने व्यवस्था गरिएको छ । 

सूचीकृत संगठित संस्थाहरुको संस्थागत सुशासन सम्बन्धीनिर्देशिका, २०७४ बमोजिमतयार गरिने यो प्रतिवेदन सूचीकृत सङ्गठित सस्ंथाहरूको परिपालनाअधिकृतले तयार गरी सञ्चालक समितिबाट स्वीकृत गराई लेखापरीक्षकबाट प्रमाणित गराई नेपालधितोपत्रबोर्डमा लेखापरीक्षण प्रतिवेदनसँग पेश गनुपर्ने छ ।