काठमाण्डौ । सूूर्या लाइफ इन्स्योरेन्सले १० बराबर ४ को अनुपात(४० प्रतिशत) हकप्रद सेयर निश्कासन गर्ने भएको छ । 

हकप्रद सेयर निश्कासनका लागि कम्पनीले एनआइसी एशिया क्यापिट लिमीटेडलाई निश्कासन तथा बिक्री प्रबन्धक तोकेको छ । सो सम्बन्धी दुुई कम्पनीबीच शुक्रबार एक सम्झौता भएको छ । 

एनआइसी एशिया क्यापिटलका सीइओ झनकराज ढुंगेल र सूूर्या लाइफ इन्स्योरेन्सका सीइओ शिवनाथ पाण्डले सम्झौतापत्रमा हस्ताक्षर गरे । 

सूर्या लाइफको हाल चुक्तापूँजी ६५ करोड ६२ लाख रुपैयाँ रहेको छ । ४० प्रतिशत हकप्रदपछि कम्पनीको चुक्तापूँजी ९१ करोड ८७ लाख माथि पुुग्नेछ । 

दोश्रो बजारमा यो कम्पनीको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ९८० रुपैयाँ रहेको छ ।