काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले १२ प्रतिशत बोनस सेयर वितरणको घोषणा गरेको छ । 

यो कम्पनीले आर्थिक वर्ष २०७४/७५ को वितरणयोग्य मुनाफाबाट १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि आवश्यक नगद लाभांश वितरणको घोषणा गरेको हो । 

कम्पनीको शुक्रबार बसेको संचालक समितिको २४० औं बैठकले हाल कायम १ अर्ब १३ करोड १९ लाख चुक्तापूँजीको १२ प्रतिशतले हुन आउने १३ करोड ५८ लाख २८ हजार बराबरको बोनस सेयर र कर प्रयोजनका लागि आवश्यक ७१ लाख ४८ हजार ८४२ रुपैयाँ बराबरको नगद लाभांश वितरणको निर्णय गरेको हो । 

बिमा समितिको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि घोषित लाभांश सेयरधनीले पाउनेछन् । 

प्रस्तावित बोनस सेयर वितरणपछि यो कम्पनीको चुक्तापूँजी १ अर्ब २७ करोड नजिक पुग्नेछ ।