काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज आइतबारदेखि १०:७ को अनुपातमा ८८ लाख ७४ हजार ९६ कित्ता हकप्रद सेयर निष्कासन गरेको छ ।

कम्पनीको गत असार ११ गते सम्पन्न वार्षिक साधारणसभाले कम्पनीको संचालक समितिले आफ्ना सेयरधनीहरुका लागि १० सेयरबराबर नयाँ ७ हकप्रद सेयर जारी गर्ने निर्णय पारित गरेको थियो। कम्पनीको उक्त निर्णयलाई नेपाल धितोपत्र बोर्डले गत साउन १६ गते अन्तिम स्वीकृति दिएपछि कम्पनीले प्रतिकित्ता रु. १०० अंकित रु. ८८ करोड ७४ लाख ९ हजार ६०० मूल्यबराबरको हकप्रद सेयर जारी गरेको हो । हकप्रद सेयर निष्कासन असोज १२ गतेपछि बन्द हुनेछ ।

हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल तोकिएको छ ।

हकप्रद सेयर जारी भएपछि कम्पनीको पूँजी बढेर २ अर्ब १५ करोडको उचाईमा पुग्नेछ । कम्पनीले गत वर्ष पनि ४० प्रतिशत हकप्रद सेयर बिक्री गरी पूँजी बढाएको थियो।