काठमाण्डौ । धितोपत्र बोर्डले सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडलाई १० बराबर ४ को अनुपातमा हकप्रद सेयर निश्कासनको अनुमति दिएको छ । 

यो कम्पनीलाई १०० रुपैयाँ अंकित दरको कुल २८ लाख ८७ हजार ५ सय कित्ता हकप्रद सेयर निश्कासनको अनुमति दिइएको हो । 

यो कम्पनीले हकप्रद निश्कासनको माग गर्दै गत माघ पहिलो साता बोर्डमा आवेदन दिएको थियो ।

कम्पनीको हकप्रद निश्कासन तथा बिक्री प्रबन्धकको काम एनआइसी एशिया क्यापिटल लिमीटेडले गर्नेछ ।

हाल यो कम्पनीको चुक्तापूँजी ६५ करोड ६५ लाख रुपैयाँ रहेको छ । हकप्रदको पूँजीकरणपछि बढेर ९४ करोड ५० लाखको उचाईमा पुग्नेछ ।