काठमाण्डौ । सूर्या लाइफ इन्स्योेरेन्स कम्पनी लिमीटेडले आफ्ना सेयरधनीलाई ७० प्रतिशतको हकप्रदको भारी बोकाउने भएको छ । 

कम्पनीको अनुसार ८ गते सम्पन्न २१६ औं बोर्ड बैठकले चुक्तापूँजी वृद्धिका लागि १० बराबर ७ को अनुपातमा हकप्रद सेयर निश्कासन गर्ने निर्णय गरेको हो । 

यो कम्पनीले यसअघि पनि ४० प्रतिशत हकप्रद निश्कासन गरेको थियो, जुन अहिले बाँडफाँडको क्रममा छ । हकप्रद भर्नेले समेत पाउने गरी यो कम्पनीले गत आर्थिक वर्षको वितरणयोग्य नाफाबाट सेयरधनीलाई १२ प्रतिशतको दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव गरिसकेको छ । बोनस सेयर समेत वितरण गरिसकेपछि कायम हुने चुक्तापूँजीको ७० प्रतिशतको दरले कम्पनीले सेयरधनीलाई पुनः हकप्रद सेयरको भारी बोकाउने निर्णय गरेको हो । 

बोर्ड बैठकले प्रस्ताव गरेको हकप्रद आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि बिक्री खुल्ला गरिनेछ ।