काठमाण्डौ । सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा अधिकांश वित्तीय सूचकमा आकर्षक फड्को मारेको छ ।

दोस्रो त्रैमास वित्तीय विवरणअनुसार संस्थाले खुद नाफा ७०.५६ प्रतिशतले बढाउँदै २ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्ष यही अवधिमा संस्थाले १ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

संस्थाले सञ्चालन मुनाफाबापत ३ करोड ९२ लाख रुपैयाँ कमाएको छ । गत वर्ष यही अवधिमा संस्थाको सञ्चालन मुनाफा २ करोड २१ लाख रुपैयाँ थियो।

समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी ७ करोड ४५ लाख रुपैयाँ रहेको छ । गत वर्ष यही अवधिमा संस्थाको खुद ब्याज आम्दानी ४ करोड ८६ लाख रुपैयाँ रहेको थियो ।

दोस्रो त्रैमासमा संस्थाले ७६ करोड ४९ लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ८१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्ष यही अवधिमा संस्थाले ४८ करोड १६ लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब १० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

संस्थाले रिजर्भको आकार ४२.८८ प्रतिशतले बढाएको छ । गत वर्ष ६ करोड ५५ लाख रुपैयाँ रहेको रिजर्भमा समीक्षा अवधिमा बढेर ९ करोड ३६ लाख रुपैयाँ पुगेको छ ।

दोस्रो त्रैमासमा संस्थाको चुक्तापुँजी १५ करोड ५९ लाख रुपैयाँ पुगेको छ । गत वर्ष यही अवधिमा संस्थाको चुक्तापुँजी १० करोड ७९ लाख रुपैयाँ थियो।

वार्षिकीकृत संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) ३५.८४ रुपैयाँ र मूल्य आम्दानी अनुपात (पीई रेसियो) १५.३२ रहेको छ ।