काठमाण्डौ । सूर्य लाइफ इन्स्योरेन्सले १० बराबर ४(४० प्रतिशत)को अनुपातमा हकप्रद सेयर निश्कासनको माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको छ । 

यो बिमा कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २८ लाख ८७ हजार ५ सय कित्ता हकप्रद सेयर निश्कासनको माग गर्दै बोर्डमा आवेदन दिएको हो । 

बोर्डले यो कम्पनीको हकप्रद प्रस्तावलाई पाइपलाइनमा राखेको छ ।

यो कम्पनीको हकप्रद निश्कासन तथा बिक्री प्रबन्धकको काम एनआइसी एशिया क्यापिटल लिमीटेडले गर्नेछ ।

हाल यो कम्पनीको चुक्तापूँजी ७२ करोड १८ लाख रुपैयाँ रहेको छ । हकप्रदको पूँजीकरणपछि चुक्तापूँजी बढेर १ अर्ब १ करोड माथि पुग्नेछ ।