काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकका ग्राहक, सेयरधनी र कर्मचारीले नर्भिक इन्टरनेशन हस्पिटलमा उपचार गराउँदा सहुलियत पाउने भएका छन् । 

फागुन १८ गते बैंक र हस्पिटलबीच यस्तो सम्झौता भएको हो । सम्झौताअनुसार सेञ्चुरी प्रिमियम बचत र सेञ्चुरी प्लाटिनम बचत क्रेडिट कार्ड होल्डर, सेयरधनीहरु त्था कर्मचारीहरुले नर्भिक हस्पिटलले दिने प्याथोलोजी, रेडियोलोजी, मेम्मोग्राम, सर्जरी र मुटुसम्बन्धी जाँचमा १० प्रतिशतसम्म छुट पाउनेछन् । यस्तै, बेर्ड चार्जमा समेत ५ प्रतिशत छुट पाउनेछन् । 

सम्झौतापत्रमा बैंकका कामुु सीइओ जीवन भट्टराई र नर्भिक हस्पिटलका प्रमुख बजार अधिकृत प्रवीण दावरले हस्ताक्षर गरेका छन् ।