काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलको बुढानिलकण्ठको मण्डिखटार शाखा कार्यालयको जेठ १० गते बिहीबार औपचारिक उद्घाटन भएको छ ।

बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले एक कार्यक्रमका बीच शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।  

साथै सोही दिन बैंकले आफ्नो सेवामा थप गर्दै बुढानिलकण्ठ नगरपालिकाको कपन क्षेत्रभित्र वडा नं १२ को वडा कार्यालयमा एक्सटेन्सन् काउण्टर पनि सुचारु गरेको छ । 

बैंकले सो काउण्टरबाट सुरक्षाभत्ता प्रदान गर्ने तथा त्यस क्षेत्रमा बसोबास गर्ने ग्राहकहरुमा आफ्नो सेवा पुर्याउने उद्देश्य राखेको छ । 

उद्घाटन समारोहमा बैंकका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम, बुढानिलकण्ठ न.पा वडा नं १२ का वडा अध्यक्ष शम्भुप्रसाद भट्टराई तथा बैंकका अन्य बरिष्ठ पदाधिकारीको पनि सहभागिता थियो ।

बैंकले काठमाडौं उपत्यकामा १२ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ८२ शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर साथै १० वटा शाखारहित बैंकिङ्ग गरी जम्मा ११३ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।