काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकले व्यक्तिगत ग्राहकहरुलाई उच्च ब्याजदर सहितको मुद्दती निक्षेप योजना सञ्चालनमा ल्याएको छ । 

बैंकले ६ महिनादेखि २ वर्षसम्मको विशेष मुद्दती खाताका लागि वार्षिक ब्याजदर १३ प्रतिशत र १ महिनादेखि २ वर्षसम्मको साधारण मुद्दती खाताका लागि वार्षिक ब्याजदर १२ प्रीतशत प्रदान गर्ने गरी दुई नयाँ योजना ल्याएको छ । 

विशेष मुद्दती खातामा बैंकले मासिक रुपमा ब्याज भुक्तानी गर्नेछ ।