काठमाण्डौ । निरन्तर प्रगति पथमा लम्किँदै गरेको देशको कान्छो वाणिज्य बैंकले एकसाथ २०१ कर्मचारी मागेको छ । 

यो बैंकले १० वटा पदमा यति धेरै कर्मचारी एक साथ मागेको हो । 

सबैभन्दा धेरै ट्रेनी असिस्टेन्ट पदमा ७५ कर्मचारी मागिएको छ । व्यवस्थापन संकायमा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेका फ्रेस जनशक्तिले यो पदमा आवेदन दिन सक्नेछन् । 

बैंकले मुख्य कार्यालय र वीरगञ्जका लागि २ जना असिस्टेन्ट म्यानेजर, आइटी, रिलेसनसीप, रिस्क र जनरल सर्भिस तथा शाखा व्यवस्थापनतर्फ गरी कुल १३ सिनियर अफिसर, २३ जना अफिसर, ३६ असिस्टेन्ट अफिसर, १८ सुपरभाइजर, २४ सिनियर असिस्टेन्ट मागेको छ । यस्तै, अपरेसन इञ्चार्जको रुपमा ४ जना असिस्टेन्ट, टेक्निकलतर्फ ४ जना म्यानेजमेन्ट टे«नी र १५ जना म्यानेजमेन्ट टे«नी पदमा कर्मचारी मागिएको छ । म्यानेजमेन्ट टे«नी पदका लागि समेत फ्रेस जनशक्तिले आवेदन दिनसक्नेछन् । अन्य पदमा भने निश्चित अनुुभव र सोही अनुसारको शैक्षिक योग्यता तोकिएको छ। 

यी सबै पदमा काम गर्न इच्छुकहरुले फेब्रुअरी २५ भित्र आवेदन दिनसक्ने बताइएको छ । 

बैंकले प्रकाशित गरेको विज्ञापन यस्तो छ: