काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकले नेपाली क्रिकेटका कप्तान पारस खड्का र राष्ट्रिय महिला भलिबल टिमका सदस्य प्रतिभा मालीलाई एक वर्षका लागि ब्रान्ड एम्बासडरको रुपमा नियुक्त गरेको छ । 

खेल क्षेत्रसँग सम्बन्ध जोड्दै बैंकले आफ्नो सेवाको बिकास र बिस्तारमा हातेमालो गर्ने क्रममा नेपाली खेलकुद क्षेत्रका दुई चर्चित ब्यक्तित्वहरु खड्का र मालीलाई आफ्नो ब्रान्ड एम्बासडरमा नियुक्त गरेको हो । 

उनीहरुको मद्धतबाट बैंकको लोकप्रियता तथा व्यवसायिक अभिवृद्धिमा मद्धत पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ ।

बैंकले काठमाडौं उपत्यकामा १२ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ८३ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टर साथै १० वटा शाखारहित बैंकिङ्ग गरी जम्मा ११३ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।