काठमाण्डौ । निरन्तर प्रगतिपथमा लम्किरहेको कान्छो वाणिज्य बैंकको सेयर सस्तोमै पाउने कुनै अवसर खोजिरहनुभएको छ ? त्यसो हो भने सेञ्चुरी कमर्सियल बैंकको सेयर सस्तोमै उठाउने अवसर तपाईका लागि काम लाग्न सक्छ । 

सेञ्चुरी बैंकले बुधबार(आज)देखि निकै ठूलो परिमाणमा नबिकेको सेयरको लिलामी खुलाएको छ । 

यो बैंकले हकप्रद सेयर निश्कासनको क्रममा बिक्री नभएको १८ लाख ७० हजार २ सय ७४ कित्ता सेयर लिलामीमा राखेको हो । 

यो बैंकले संस्थापक समूहतर्फको १४ लाख ६१ हजार  ९९ कित्ता र सर्वसाधारण समूहतर्फ ४ लाख ९ हजार १ सय ७५ कित्ता सेयरको लिलामी खुलाएको हो । 

लिलामी प्रक्रियाको व्यवस्थापनका लागि सिभिल क्यापिटल मार्केट लिमीटेडले बिक्री प्रबन्धकको भूमिका निर्वाह गर्नेछ । 

दुवै समूहका सेयरका लागि न्यूनतम १०० रुपैयाँ मूल्य राख्नुपर्नेछ भने न्यूनतम १ सय कित्ताका लागि आवेदन दिन पाइनेछ ।

बैंकले यसअघि ४० प्रतिशत हकप्रद सेयर निश्कासन गरेको थियो । सोही क्रममा बिक्री नभएको सेयर लिलामीमार्फत बिक्री गर्न लागेको हो । 

दोश्रो बजारमा सेञ्चुरीको साधारण सेयरको अन्तिम बिक्री मूल्य रु १७२ र संस्थापक सेयरको प्रतिकित्ता मूल्य रु. १४५ रहेको छ ।