काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको २०७६ सालको क्यालेण्डर चैत्र १७ गते एक समारोहबीच बिमोचन गरेको छ । 

बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले क्यालेण्डर विमोचन गरेका बैंकले जनाएको छ । 

सो क्यालेन्डर भिजिट नेपाल २०२० लाई सहयोग गर्ने उद्देश्यका साथ तयार गरिएको हो । क्यालेण्डरमा सातवटा प्रदेशहरुमा रहेको पर्यटकीय स्थलहरुलाई समेट्ने प्रयास गरिउको छ । 

क्यालेन्डरमा नेपाल सरकारबाट स्विकृत बिदाहरु तथा चाडपर्वहरु समेत उल्लेख गरिएको छ । 

बैंकले काठमाडौं उपत्यकामा १३ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९८ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टरहरु साथै १३ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १३२ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।