काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमीटेडको वार्षिक साधारणसभाले ६.५० प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको छ । 

बैंकको बिहीबार काठमाण्डौको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न आठौं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७४/७५ को वितरणयोग्य मुनाफाबाट आफ्ना सेयरधनीलाई २ प्रतिशत बोनस सेयर र ४.५० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको हो । 

यो बोनस शेयरको प्रस्ताव पारित भएसँगै बैंकको चुक्तापूँजी ८ अर्ब ४१ करोड ५५ लाख पुगेको छ । 

साधारणसभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट राजेशकुमार श्रेष्ठ, सुनिलकुमार न्यौपाने र अभिषेक बज्राचार्यलाई संचालक पदमा निर्विरोध निर्वाचित समेत गरेको छ । 

आ.व. २०७५/७६ को पुस मसान्तसम्म यस बैंकले कुल निक्षेप रु. ६४ अर्ब १२ करोड र कर्जा रकम रु. ५९ अर्ब ६१ करोड परिचालन गरी रु.७४ करोड २ लाख सञ्चालन मुनाफा र रु. ५१ करोड ८१ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

बैंकले काठमाडौं उपत्यकामा १३ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ९८ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टर साथै १३ वटा शाखारहित बैंकिङ्क गरी जम्मा १३२ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।