काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘हाम्रो बाल संरक्षण धरोहर, नेपाल’ नामको संस्थालाई सहयोग गरेको छ । 

२६ जना अनाथ बालबालिकाहरु आश्रित सो संस्थामा आवश्यकता अनुसार बैंकले खाद्यान्न दिई सहयोग गरेको हो । 

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अन्य थुप्रै कार्यक्रमहरु पनि गर्दै आएका छन् ।