काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक र मेटलाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकासुरेन्स सम्झौता भएको छ । 

यी दुई कम्पनीबीच जेठ १४ गते यस्तो सम्झौता भएको हो । 

सम्झौता अनुसार ग्राहकहरुले सेञ्चुरी कमर्सियल बैंकका सम्पूर्ण शाखाहरुबाट मेटलाइफको बिमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानी लगायत सम्पूर्ण बिमा सेवा प्राप्त गर्न सक्नेछन् । 

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम र मेटलाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका उपाध्यक्ष एवं महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले हस्ताक्षर गरेका थिए ।