काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकको नायव प्रमुख कार्यकारी अधिकृतको पदमा मनोज न्यौपाने नियुक्त भएका छन् । 

बैंकको साउन २८ गते बसेको संचालक समितिको २९४ औं बैठकले हाल प्रमुख व्यवसाय अधिकृतको रुपमा कार्यरत न्यौपानेलाई पदोन्नति गर्ने निर्णय गरेको हो । 

उनले साउन २८ गतेदेखि  नै कार्यभार सम्हालेका छन् । 

विगत २ वर्षदेखि बैंकको सहायक कार्यकारी प्रबन्धक पदमा कार्यरत न्यौपानेले लक्ष्मी बैंक लिमिटेडबाट बैंकिङ्ग सेवा प्रारम्भ गरेका थिए । हिमालयन बैंक लिमिटेड तथा सनराईज बैंक लिमिटेड गरी करिब १५ वर्षको विस्तृत बैंकिङ्ग कार्यानुभव उनीसँग रहेको बैंकले जनाएको छ । न्यौपाने बैंकको प्रमुख सूचना अधिकारी पनि हुन् । 

न्यौपानेले काठमाडौं विश्व विद्यालयबाट वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका छन् । 

तत्कालीन नायव सीइओको रुपमा कार्यरत जीवन भट्टराईले राजीनामा दिएपछि बैंकले रिक्त रहेको सो पदमा न्यौपानेलाई ल्याएको हो ।