काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकले कर्मचारीहरुलाई लक्षित गरेर रु. १,००० मा बचत खाता खोल्ने गरी ‘प्रीमियम पेरोल म्यानेजमेन्ट खाता’ वार्षिक ६.५ प्रतिशतका दरले त्रैमासिक रुपमा ब्याज भुक्तानी गरी शुभारम्भ गरेको छ । 

ग्राहकहरुले रु. ७,००,०००(सात लाख) बराबरको आकस्मिक दुर्घटना बीमा र रु. १,००,०००(एकलाख) सम्मको अस्पतालमा बसेको खर्च बापतको बीमा तथा लकर सुविधा, क्रेडिट कार्डको वार्षिक शुल्क, ब्यालेन्स सर्टिफिकेट र गुड फर पेमेन्टमा ५० प्रतिशत छुटको सुविधा पाउने बैंकले जनाएको छ । 

साथै निस्शुल्क एस.एम.एस, मोबाइल र ई-बैंकिङ्ग, एबीबीएस सेवा, डेबिट कार्ड तथा निस्शुल्क क्रेडिट र्काडको आबद्ध शुल्कको सुविधा छ । सरल कर्जा प्रवाह बैंकका सबै शाखाहरुबाट प्राप्त गर्न पनि सकिने बैंकले प्रष्ट्याएको छ ।