काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकले थाहा नगरपालिकालाई लक्षित गरेर टिष्टुङ्ग बज्रबाराहीमा एक दिने वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । 

कार्यक्रममा मुख्य विषयवस्तु सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान अन्तर्गतको व्यवसायिक कृषि तथा पशुपंक्षी कर्जा सम्बन्धी जानकारीका साथै डिजिटल वित्त (विधुतिय वित्त) सम्बन्धी जानकारी दिएको थियो । उक्त कार्यक्रममा १५० जनाभन्दा बढीको सहभागी थियो । 

सहुलियत कर्जा, बैंक खाता, बैंकले नागरिकलाई दिइरहेको सेवा प्रवाहलगायत ग्रामीण भेगका नागरिकसंग बैंकको पहुंच बढाउन गाउंगाउसम्म वित्तीय साक्षरता अभियान बैंकले सुरु गरिरहेको हो । बैंकले आफ्नो संस्थागत सामाजिक उतरदायित्व अन्तर्गत अन्य स्थानहरुमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।