काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक र कालिकानगर बुटवल,रुपन्देहींस्थित क्लव दे नोभो प्रा.लि.बीच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धी सम्झौता भएको छ । 

बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरुलाई सहुलियत प्रदान गर्ने गरी सम्झौता गरेको छ । सम्झौता अनुसार बैंकका क्रेडिट र डेबिट कार्ड ग्राहकहरुले क्लवको सेवा सुविधामा १० प्रतिशतसम्म छुट पाउने छन् ।

उक्त सम्झौतापत्रमा बैंकका बुटवल शाखा प्रबन्धक यादव भट्टराई क्लव दे नोभा प्रा.लि.का प्रबन्धक अर्जुन गैरेले हस्ताक्षर गरे ।