काठमाण्डौ । सेती फाइनान्सका लगानीकर्ताले डेढ प्रतिशत हकप्रद सेयर पाउने भएका छन् । 

नेपाल धितोपत्र बोर्डले फाइनान्सले प्रस्ताव गरेको डेढसय  प्रतिशत हकप्रद निश्कासनको अन्तिम स्वीकृति दिएसँगै लगानीकर्ताले आवेदन दिन पाउने पक्का भएको हो । 

फाइनान्सको हकप्रद निश्कासन तथा व्यवस्थापनका  लागि एनआइबिएल क्यापिटल बिक्री प्रबन्धकको रुपमा काम गरिरहेको छ । 

२०७२  चैत २० गते सम्पन्न सेती फाइनान्सको २० औं वार्षिक साधारणसभाले १५० प्रतिशत हकप्रद निश्कासनको निर्णय पारित गरेको थियो । अब यो कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यको ९ लाख ५१ हजार ७ सय ८६ कित्ता हकप्रद निश्कासन गर्नेछ । 

यो फाइनान्सले आर्थिक वर्ष २०७२/७३ को अवधिमा ८४ लाख ९२ हजार खूद नाफा आर्जन गरेको थियो । यो कम्पनीको चुक्तापूँजी ६ करोड ३४ लाख रुपैयाँ रहेको छ । १५० प्रतिशत हकप्रद निश्कासन र व्यवस्थापनपछि चुक्तापूँजी बढेर १५ करोड ८५ लाख पुग्नेछ । सेप्टेम्बर २० को यो कम्पनीको अन्तिम सेयर कारोबार मूल्य प्रति कित्ता ५९४ रुपैयाँ रहेको छ ।