काठमाण्डौ । सेती फाइनान्स  लिमीटेडले आफ्ना सेयरधनीलाई ९ प्रतिशत लाभांश वितरणको घोषणा गरेको  छ । 

नेपाल स्टक एक्सचेञ्जमा सोमबार प्रकाशित सूचनाअनुसार पुस २२ गते सम्पन्न  कम्पनीको बोर्ड बैठकले आर्थिक वर्ष २०७२/७३ को खूद नाफाबाट आफ्ना सेयरधनीलाई ९ प्रतिशत बोनस सेयर वितरणको घोषणा गरेको हो । यो निर्णय नियामक नेपाल राष्ट्रबैंक र कम्पनीको आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि मात्र कार्यान्वयनमा आउनेछ । 

सेती  फाइनान्स लिमीटेडको चुक्तापूँजी ६ करोड ३४ लाख रुपैयाँ रहेको  छ । बोनस सेयर वितरणपछि चुक्तापूँजी ६ करोड ९१ लाख पुग्नेछ । यो कम्पनीले हालै १ बराबर १.१५ को अनुपातमा हकप्रद वितरण गरेको थियो । हकप्रद भरेका सेयरधनीले भने ३.६ प्रतिशत मात्र बोनस सेयर प्राप्त गर्नेछन् । हकप्रद र बोनस सेयर वितरणपछि कम्पनीको कुल चुक्तापूँजी १५ करोड ८६ लाख रुपैयाँ पुग्ने जनाइएको छ ।