काठमाण्डौ । लक्ष्मी बैंकले पोखराको पश्चिम पृतना हेडक्वाटर बिजयपुर व्यारेकमा बिहीबारदेखि ए.टि.एम सेवा संचालनमा ल्याएकोे छ । 

यस ए.टि.एमको सेवा व्यारेकका सैनिकहरुका लागि मात्र नभई, सर्वसाधारणहरुका लागि पनि उपलब्ध हुने बैंकले विज्ञप्तिमार्फत जनाएको छ । 

ए.टि.एमको उद्घाटन पृतनापति देवेन्दबहादुर मेधासी र लक्ष्मी बैंकको तर्फबाट मनिषराज कुँवरले संयुक्त रुपमा गरेका थिए ।

योसहित लक्ष्मी बैंकको ए.टि.एम संख्या १०२ पुगेको छ भने देशभर कुल ८४ शाखाहरु छन्  ।