काठमाण्डौ । नेपाली सेनाले अधिकृत क्याडेट पदका लागि मंगलबार एकैपटक १५० जनाका लागि जागिरको अवसर खुलाएको छ । 

नेपाली सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभागले मंगलबार एक सूचनामार्फत दरखास्त आह्वान गरेको हो । 

अधिकृत क्याडेट पदमा १३ महिला, २२ आदिवासी जनजाति, १९ मधेशी, १० दलित, ३ पिछडिएको क्षेत्र र खुल्ला ८३ गरी १५० का लागि जागिर खुलाइएको हो । 

इच्छुक उम्मेद्वारले आगामी असोज २५ गतेसम्म तोकिएका स्थानमा गई आवेदन दर्ता गराइसक्नुुपर्ने सूचनामा उल्लेख छ । दोब्बर दस्तुुर तिरेर कात्तिक १ गतेभित्र आवेदन दिइसक्नुुपर्नेछ । 

प्रमाणपत्र तह वा सो सरह अथवा स्नातक तह वा सोसरह उत्तीर्णले आवेदन दिन पाउनेछ । 

भर्ना छनौट निर्देशनालय, जंगीअड्डा भद्रकाली, पूर्वी पृतना हेडक्वार्टर इटहरी, मध्य पृतना हेटौडा, पश्चिम पृतना पोखरा, उत्तर पश्चिम पृतना सुर्खेत र सुदुरपश्चिम पृतना दिपायलबाट आवेदन दिन सकिनेछ । 

दरखास्त आह्वान सम्बन्धी सेनाले प्रकाशन गरेको सूचना यस्तो छ: