काठमाण्डौ । सेन्चुरी बैंक लिमिटेडले आर्थिक वर्ष २०७५/७६ का लागि ६ प्रतिशतसम्म लाभांश वितरणको क्षमता बनाएको छ ।

समीक्षा अवधिमा बैंकले ५३ करोड ५१ लाख रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको हो । समीक्षा अवधिमा बैंकको खुद नाफा ८६ करोड ८ लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकको खुद नाफा ९१ करोड २२ लाख रुपैयाँ रहेको थियो । बैंकको नाफा ५.६४ प्रतिशतले घटेको छ ।

अघिल्लो वर्ष १ अर्ब २७ करोड रुपैयाँ रहेको सञ्चालन मुनाफा सामान्य घटेर यो वर्ष १ अर्ब २६ करोड रुपैयाँमा झरेको छ । अघिल्लो वर्ष १ अर्ब ९१ करोड रुपैयाँमा सीमित खुद ब्याज आम्दानी भने समीक्षा अवधिमा बढेर २ अर्ब ६७ करोड रुपैयाँको उचाइमा पुगेको छ ।

अघिल्लो वर्ष ४८ करोड ७ लाख रुपैयाँ रहेको रिटेन अर्निङ यो वर्ष सामान्य बढेर ४८ करोड ३२ लाख रुपैयाँ पुगेको छ । बैंंकले अघिल्लो वर्ष र यो वर्ष रिजर्बको आकारमा भने परिवर्तन आएको छैन । दुवै वर्षमा बैंकको रिजर्बमा ९१ करोड ८४ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा बैंकले ५७ अर्ब ९९ करोड रुपैयाँ निक्षेप संकलन गरी ५६ अर्ब ९३ करोड रुपैयाँ बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा ५३ अर्ब ३३ करोड रुपैयाँ निक्षेप संकलन गरी ५२ अर्ब ८४ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १०.२३ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १२०.८० रुपैयाँ रहेको छ । बैंकको खराब कर्जाको अनुपात १.७२ प्रतिशत रहेको छ ।