काठमाण्डौ । सेन्ट्रल फाइनान्स लिमीटेडले आफ्ना सेयरधनीलाई ५० प्रतिशत हकप्रद बिक्रीको घोषणा गरेको छ ।

नेप्सेमा आइतबार प्रकाशित सूचना अनुसार बैशाख २२ गते सम्पन्न कम्पनीको बोर्ड बैठकले चुक्तापुँजीको ५० प्रतिशतको दरले हकप्रद बिक्रीको निर्णय गरेको हो ।

भक्तपुर फाइनान्ससँग मर्जरपछि यो फाइनान्सको चुक्तापुँजी ५२ करोड ६६ लाख पुगेको छ । ५० प्रतिशत हकप्रद बिक्रीपछि चुक्तापँुजी ७९ करोडको उचाईमा पुग्नेछ । नेपाल राष्ट्रबैंकको व्यवस्था अनुसार राष्ट्रिय स्तरको फाइनान्स कम्पनीले ०७४ असार मसान्तसम्म ८० करोड चुक्तापुँजी पुर्याउनुपर्छ ।

यो फाइनान्सले भक्तपुर फाइनान्ससँग मर्जपछि चैत १० देखि संयुक्त कारोबार सुरु गरेको थियो । मर्जरका कारण अझैसम्म पनि यो कम्पनीको सेयर निलम्बन फुकुवा भइसकेको छैन ।