काठमाडौँ । सेन्ट्रल फाइनान्सले ५० प्रतिशत हकप्रदमा विक्री नभएको शेयर लिलामीमा विक्री गर्न लागेको छ । फाइनान्सले १० लाख ८५ हजार ९ सय ३९ कित्ता शेयर लिलामी मा बिक्री गर्न लागेको हो । फाइनान्सले ९ लाख ८१ हजार ७ सय ८ कित्ता संस्थापक शेयर र १ लाख ४ हजार २ सय ३० कित्ता साधारण शेयर लिलामीमार्फत् विक्री गर्ने जानकारी दिएको छ । फाइनान्सले पुस २३ देखि फागुन १३ गतेसम्म २६ लाख ३ हजार ३१४ कित्ता हकप्रद निष्काशन गर्दा संस्थापक र साधारण गरी सो परिमाणमा सेयर बिक्री नभएपछि लिलामीमा ल्याएको हो ।

फाइनान्सको शेयर खरीद गर्न इच्छुक लागनीकर्ताले वैशाख २० बाट २७ गतेसम्म आवदेन दिन सक्ने व्यवस्था गरिएको छ  । साधारण तर्फ न्यूनतम १ सय रुपैयाँमा खरीदका लागि आवदेन गर्न पाइने शेयरमा कम्तीमा पनि १ सय कित्ता खरीदका लागि आवेदन दिनुपर्ने छ । तर संस्थापक तर्फका शेयर खरीद गर्नका लागि यस अघि नै कम्पनीको संस्थापक शेयरधनी हुनुपर्ने छ भने कम्तीमा पनि १ हजार कित्ताका लागि आवेदन दिनुपर्नें उल्लेख गरिएको छ ।
 
फाइनान्सको ५० प्रतिशत हकप्रद शेयरको विक्री प्रबन्धक रहेको एनआइबीएल एस क्यापिटलमा लिलामीका शेयर खरीदका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ । इच्छक आवेदकले आफूले खरीद गर्न चाहेको रकम क्यापिटलको नाममा रहेको क्ुमारी बैंकको पुतलीसडक शाखामा रहेको खाता ००१००१७४२४६००००१ मा आवश्यक रकम जम्मा गरी आवेदन भने क्यापिटलमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ । यसका साथै नेपाल इन्भेस्टमेन्ट बैंकका शाखा कार्यालय सुर्खेत, नेपालगञ्ज नारायणगढ र धनगढीका शाखामा समेत आवदेन भर्न सक्ने व्यवस्था गरिउको छ । यसगरी सेन्ट्रल फाइनान्सको केन्द्रीय कार्यालय ललितपुर र क्यापिटलका शाखाक कार्यालय लगनखेल, पोखरा, वीरगञ्ज, बुटबल र विराटनगरमा समेत आवदेन दिन सकिने छ । 

 

हाल कम्पनीको चुक्तापूँजी ५२ कारेड रुपैयाँ छ । हकप्रद निष्कासन तथा बाँडफाँट पश्चात कम्पनीको चुक्तापूँजी ७८ करोड रुपैयाँ पुग्नेछ । राष्ट्र बैंकको व्यस्था अनुसार फाइनान्सले चुक्ता पुँजी बढाएर ८० करोड रुपैयाँ पुर्याउनु पर्नेछ ।