काठमाण्डौ । सेन्ट्रल फाइनान्स लिमीटेडले आफ्ना सेयरधनीलाई ७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । 

यो फाइनान्सको पुस २७ गते शुक्रबार बसेको संचालक समितिको २६८ औं बैठकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट हालको चुक्तापूँजीको ७ प्रतिशतले हुन आउने ५ करोड ७६ लाख ३७ हजार ८ सय ५० रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको हो । 

प्रस्तावित लाभांश नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र कम्पनीको वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ ।