काठमाण्डौ । सेन्ट्रल फाइनान्स लिमिटेड गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई नगद लाभांशमात्र वितरण गर्ने प्रस्ताव गरेको छ ।

संस्थाको हिजो बिहीबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

संस्थाले चुक्तापुँजी ८२ करोड ३३ लाख ९७ हजार ८५९ रुपैयाँको ७ प्रतिशतले हुन आउने ५ करोड ७६ लाख ३७ हजार ८५० रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ ।