काठमाण्डौ । सेन्ट्रल फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म अधिकांश सूचकमा सन्तोषजनक प्रगति गरेको छ। 

दोस्रो त्रैमास वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिसम्म ४ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जन गत वर्षको यही अवधिको तुलनामा २०.३३ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म कम्पनीले ३ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। 

समीक्षा अवधिसम्म कम्पनीले ६ करोड १४ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म कम्पनीको सञ्चालन मुनाफा ५ करोड ३६ लाख रुपैयाँ रहेको थियो। 

दोस्रो त्रैमाससम्म कम्पनीले १० करोड ३६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत वर्ष यही अवधिसम्म कम्पनीको खुद ब्याज आम्दानी ८ करोड ६७ लाख रुपैयाँ रहेको थियो। 

यो अवधिसम्म कम्पनीले ४ अर्ब ९६ लाख रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब २० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्ष यही अवधिसम्म कम्पनीले ३ अर्ब ६५ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब १० करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो। 

कम्पनीको रिजर्भको आकार १५.१३ प्रतिशतले बढेको छ। गत वर्ष १४ करोड ५५ लाख रुपैयाँ रहेको रिजर्भमा बढेर १६ करोड ७५ लाख रुपैयाँ पुगेको छ। 

वार्षिकीकृत कम्पनीको प्रतिसेयर आम्दानी १०.९८ रुपैयाँ रहेको छ। मूल्य आम्दानी अनुपात (पीई रेसियो) १३.९१ गुणा रहेको छ।