काठमाण्डौ । नेपाल राष्टबैंकले सेयर धितो कर्जामा थप कडाई गरेको छ । 

नेपाल राष्टबैंकले बैंक तथा बित्तीय संस्थाहरुले सेयरको धितोमा प्रवाह गर्ने मार्जिन प्रकृतिको कर्जा प्राथमिक पूँजीको साबिकको ४० प्रतिशतको व्यवस्थाबाट घटाई २५ प्रतिशतसम्म मात्र प्रवाह गर्न पाउने व्यवस्था गरेको हो । 

बैंक तथा बित्तीय संस्थाहरुले सेयरको धितोमा प्रवाह गर्ने मार्जिन प्रकृतिको कर्जा प्राथमिक पूँजीको साबिकको ४० प्रतिशतसम्मबाट घटाई २५ प्रतिशतसम्म मात्र प्रवाह गर्न पाउने व्यवस्था गरिनेछ । मौद्रिक नीतिमा भनिएको छ । 

शेयरको धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जामा कर्जाको सुरक्षणका लागि राखिएको सेयरको मूल्य २० प्रतिशतसम्मले घटेको अवस्थामा मार्जिन कल गर्न बाध्य नहुने व्यवस्था समेत गरिएको छ ।