काठमाण्डौ । अनलाइन सेयर कारोबारलाई सहज बनाउने उद्देश्यले प्रभू बैंक लिमीटेडले ‘प्रभु अनलाईन ट्रेडिङ बचत खाता’ संचालनमा ल्याएको छ। 

नेपाल स्टक एक्सचेञ्ज लिमीटेडले पुस १७ गतेदेखि सञ्चालनमा ल्याएको स्वचालित अनलाइन कारोबारको राफसाफका लागि प्रभु बैंकलाई नयाँ अनलाईन कारोबार प्रणालीमा समावेश गरी स्वचालित अनलाइन कारोबारको राफसाफ बैंकको रुपमा तोकेसँगै बैंकले सुविधायुक्त कारोबार बचत खाताको स्किम सार्वजनिक गरेको हो ।

अब प्रभु बैंकमा खाता हुने लगानीकर्ताहरुले स्वचालित प्रणालीबाट अनलाईन शेयर कारोबार गरी शेयर खरिद बिक्रीबापतको रकम रकमान्तर तथा राफसाफ गर्दा शेयर दलाल तथा बैंकसम्म पुग्नु नपर्ने गरी बैंकले सुविधायुक्त अनलाईन ट्रेडिङ बचत खाता सञ्चालनमा ल्याइएको प्रष्ट्याएको छ । 

प्रभु बैंकले पुस १८ गतेदेखि यो खाता संचालनमा ल्याउनेछ । प्रभु अनलाईन ट्रेडिङ बचत खाताबाट लगानीकर्ताहरुले घरमै बसीबसी सजिलै स्वचालित अनलाईन शेयर कारोबार गर्न तथा शेयर खरिद विक्रीबापतको रकम राफसाफ गर्न सक्नेछन् ।

प्रभु बैंकले सञ्चालनमा ल्याएको प्रभु अनलाईन ट्रेडिङ बचत खाता खोली कारोबार गर्ने लगानीकर्तालाई प्रभु बैंकबाट निःशुल्क ईबैंकिङ सेवा समेत उपलब्ध हुने बताइएको छ । 

प्रभु बैंकको प्रभु अनलाईन ट्रेडिङ बचत खाताबाट स्वचालित प्रणाली अन्तर्गत अनलाईन शेयर कारोबार गर्न चाहने सम्पूर्ण लगानीकर्ताहरुलाई शेयर कारोबार गर्न सहजता प्राप्त हुनुका साथै नेपालको पूँजीबजारको विकासमा समेत टेवा पुग्ने बैंकको विश्वास छ ।