काठमाण्डौ । बैंकहरुले धमाधम नगद लाभांश वितरणको प्रस्ताव गरिरहेको बेला निराश सर्वसाधारण लगानीकर्ताहरुलाई राहात हुने गरी एनएमबी बैंकले बोनस सेयरसहित ३० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । 

बैंकको मंसिर ५ गते बसेको संचालक समितिको ३६९ औं बैठकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरी २० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । 

बैंकले ८७ लाख ४३ हजार ७ सय ८४.२३ कित्ता बोनस सेयर र १ अर्ब ७४ करोड ८७ लाख ५६ हजार ८ सय ४५.८१ रुपैयाँ बराबर नगद लाभांश वितरण गर्नेछ । 

यो निर्णय नियामक नेपाल राष्टबैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित गरेपछि कार्यान्वयनमा आउनेछ ।

हाल एनएमबी बैंकको हालको चुक्तापूँजी ८ अर्ब ७४ करोड रहेको छ । बोनस सेयर वितरणपछि  चुक्तापूँजी बढेर ९ अर्ब ६९ करोड माथि पुग्नेछ ।

गत वर्ष एनएमबी बैंकले १ अर्ब ८९ करोड २९ लाख बराबरको लाभांश वितरण गरेको थियो ।