काठमाण्डौ । विश्व सेयर बजारमा थुप्रै मानिस लागेका छन् । यद्यिप थोरै मानिसले मात्र राम्रो प्रतिफल लिन सफल भएका छन् । कोही बजार बुल भएको बेला सेयर बेचेर राम्रो प्रतिफल लिन चुक्छन् त कोही बजार बियरिस हुँदा आत्तिएर सेयर बेचेर लगानी पनि डुबाउँछन् । 

अहिले नेपालको सेयर बजार निकै खराब अवस्थाबाट गुज्रिरहेको छ । बजारमा भेटिने लगानीकर्तामध्ये धेरैको गुनासो हुने गरेका छ, ‘बजार बुल हुँदा नाफा बुक गर्न सकिएन ।’

कतिपय नयाँ लगानीकर्ताले भने बेकारमा यो सेयरबजारमा हात हालिएछ भन्न थालेका छन् । आखिर यस्तो अवस्था किन सिर्जना भइरहेको छ त ?

विश्वबजारमा राम्रो आम्दानी लिने ठाउँमा रियल स्टेट, सेयर मार्केट र व्यापार नै हो । 

दोस्रो राम्रो प्रतिफल पाउने ठाउँका रुपमा रहेको सेयर मार्केटमा धैर्यता ठूलो कुरो हुन्छ । यस्तोमा भावना वा आवेगमा आवेगमा आएर लगानी गर्दा फस्न सकिन्छ । तर यदि यी पाँच तरिका आपनाएर व्यापार गरेमा भावनात्मक चपेटाबाट बच्न सकिन्छ । आउनुहोस् जनौँ यी तरिकाहरु ः–

१. दैनिक नोक्सानीको सीमा तय गर्नुहोस्

सेयर बजारमा लगानी सुरु गर्नुअघि आफ्नो दैनिक नोक्सानीको सीमा पहिलेदेखि नै तय गर्नुपर्छ । मतलब जुन दिन नोक्सानी त्यो सीमामा पुग्नुहुन्छ, त्यो दिन कारोबार बन्द गर्नुपर्छ । अर्को कारोबार अर्को राम्रो दिनबाट सुरु गर्नुपर्छ । 

२. लगातार तीन घाटा वा लाभपछि कारोबार बन्द गर्नुहोस्

लगातार तीनपटक लाभ उठाउने वा घाटा हुने अवस्था आएमा सेयर बजारमा दिनभरका लागि आफ्नो कारोबार बन्द गरिदिनुहोस् । लगातार तीनपटक राम्रो लाभ भएपछि हामीलाई लाग्छ कि हामीभन्दा राम्रो कारोबारी कोही छैन । तर यसको उल्टो लगातार तीनवटा घाटाको कारोबारपछि हामी आफ्नो आत्मसम्मानको मुद्दा बनाउँछौँ र पहिलेभन्दा अधिक जोखिम मोलेर लगानी गर्दै ठूलो नोक्सानी व्यहोर्नपट्टि लाग्छौँ । 

३. क्षमताभन्दा बढी लगानी नगर्नुहोस्

यदि तपाइँलाई सेयर बजारदेखि डर लाग्न थालेको छ भने बुझ्नुहोस् कि तपाइँले आफ्नो क्षमताभन्दा बढी रकम लगाउनुभएको छ । तपाइँ त्यति नै रकम सेयरबजारमा लगाउनुहोस् जसको घाटा तपाइँ सजिलै व्यहोर्न सक्नुहुन्छ । यसको यो मतलब भने होइन कि तपाइँलाई घाटा व्यहोर्न राम्रो लाग्छ । तर त्यो घाटा यति ठूलो नहोस् कि तपाइँलाई रातमा पनि निद्रा नआओस् । 

४. हरेक कारोबारपछि केही समय आराम गर्नुहोस्

हरेक सेयर कारोबारपछि केही समय आराम गर्नुहोस् । यसका लागि तपाइँ केही समय कतै गएर घुम्न सक्नुहुन्छ वा चिया पिएर आउन सक्नुहुनछ । यसले तपाइँले आफूलाई नियन्त्रणमा राखेको महसुस हुनेछ न कि बजारको नियन्त्रणमा । 

५. सेयरमा लगानी गर्दा रणनीति नबदल्नुहोस्

सेयरमा लगानी गर्दा आफ्नो रणनीति कायम राख्नुहोस् । सेयरमा कहिलेकाहीँ रणनीति बदल्नुपर्छ तर कारोबार गरिरहेकै बेला रणनीति नबदल्नुहोस् । कारोबार गरिरहेकै बेला परिवर्तन गरिने रणनीति ठूलो नोक्सानीको भागिदार बनाउन सक्छ । –एजेन्सी