काठमाण्डौ । जब अचानक सेयर बजारमा गिरावट आउन थाल्छ, तब लगानीकर्ताको चिन्ताको पारो समेत बढ्न थाल्छ । ‘अब बढ्छ’ भनी अनुमान गरिएको नेपालको सेयर बजारमा अहिले यस्तै अवस्था छ । खासमा बजारमा करेक्सनका लागि केही दिन गिरावट आउनु सामान्य कुरा हो । यस्तो अवस्थामा लगानीकर्ताले डराउने वा आत्तिने होइन, धैर्यवान भएर आफ्नो रणनीति बनाउन आवश्यक हुन्छ । 

करेक्सनकै क्रममा अधिकांश लगानीकर्ताले कुनै न कुनै गल्ती गरिरहेका हुन्छन् । जसका कारण उनीहरुले यही बेलामा भारी मूल्य समेत चुकाउनुपर्ने हुनसक्छ । हामीले यही क्रममा यस्ता ५ टिप्स दिन खोजिरहेका छौ, जसबाट लगानीकर्ताले सधैं आफूलाई बचाउन सक्नुपर्छ(बच्नुपर्छ):

१.घट्दो मूल्यवाला सेयरमा नगर्नु लगानी
यदि तपाईले कुनै गलत सेयर किन्नुभयो र त्यसमा निकै गिरावट आयो भने त्यसपछि तपाईले बीचमा त्यही कम्पनीको सेयर अझै नकिन्नुहोस्, किनभने यसले तपाईको नोक्सानी बढाइदिन्छ । एक खराब स्टकमा थप पैसा लगाउनु भनेको समझदारले गर्ने काम नै होइन । यदि तपाईले किन्नुभएको सेयरको फण्डामेन्टल(आधारभूत पक्षहरु) राम्रो छ भने चाहि मूल्य गिर्दा समेत त्यस्ता सेयरमा लगानीलाई बढाउन सकिन्छ । यसबाहेक कुनै पनि अवस्थामा गिरावट आइरहेको सेयरमा लगानी बढाउनु हुँदैन । 

२. लक्ष्यको लालचमा नफस्नुहोस्
आम रुपमा लगानीकर्ताले आफ्नो एउटा लक्ष्य तय गर्छ र त्यो नपाउञ्जेलसम्मका लागि किनेको सेयर होल्ड गरेर बस्छ । कतिपय अवस्थामा तपाईले किनको स्टकको मूल्य अलटाइम हाई भएको हुनसक्छ । लगानीकर्ताले यो लेभललाई राम्रोसँग बुझी कुनै पनि सेयरमा टिकिरहने वा बेचेर निस्किने भन्ने निर्णय गर्ने गर्छन् । तर, गिर्दो बजारमा खास मूल्यप्रतिको मोह निकै भारी पर्नसक्छ । यहीकारण कतिपय लगानीकर्ताले अलिक धेरै समयसम्मै सेयरलाई होल्ड गर्ने गर्छन, यस्तो गर्नु हुँदैन । सेयर मूल्यमा अनेक कारणले गिरावट आउनसक्छ, तर लगानीकर्ताले आफ्नो टार्गेटको लालचमा फसेर सेयरलाई होल्ड गरिरहेको हुन्छ । उसले यसो गरिरहँदा होल्ड भइरहेको सेयरको फण्डामेन्टलतर्फ ध्यान नै दिएको हुँदैन । 

३.नोक्सानीपछि एभरेजिङ नगर्नुहोस्
बजारमा अक्सर मानिसहरु यस्तै गल्ती गरिरहेका हुन्छन् । यस्तै, कतिपय लगानीकर्ता आफ्नो गल्तीलाई दोहोर्याइरहेका पनि हुन्छन् । यदि तपाईले कुनै कम्पनीको सेयर किन्नुभएको छ र त्यसको मूल्य लगातार घटिरहेको छ भने एभरेज प्राइस कम गर्नका लागि थप सेयर नकिन्नुहोस् । लगानीकर्ताले कम मूल्यमा सेयर खरीद गरेर आफ्नो घाटा घटाउने कोशिश गर्ने गर्छन् । तर, घट्दो बजारमा यो रणनीति कुनै पनि कोणबाट ठीक होइन । 

४. ५२ हप्ताकै सस्तोमा सेयर खरीद गर्नु बुद्धिमानी होइन
यदि कुनै कम्पनीको सेयर मूल्य ५२ हप्ताकै तल्लो विन्दूमा पुग्छ भने कतिपय लगानीकर्ताले गिर्दो बजारमा भ्यालू इन्भेष्टमेन्ट गर्न थाल्छन् । उनीहरु जोशमा आएर यस्ता सेयरको खोजीमा लाग्छन्, जसको मूल्य ५२ हप्ताकै तल्लो विन्दूमा पुगेको होस् । उनीहरुलाई लाग्छ कि यस्तो सेयरमा पहिला पनि गिरावट आइसकेको छ, यसकारण त्यस्ता सेयरमा लगानी गर्दा राम्रो रिटर्न आउँछ । कतिपय अवस्थामा कतिपय कम्पनीको सेयरले मालामाल पनि बनाइदिनसक्ला । तर, यस्तो संभावना निकै कम हुन्छ । यस्तो अवस्थामा मूल्य मात्र हेरेर यस्ता सेयरमा लगानी गर्नु सही रणनीति होइन । 

५.गिरावटमा पनि म्युचुअल फण्ड नछाड्नू
कतिपय साना लगानीकर्ता बजारमा निरन्तर गिरावट आइरह्यो भने म्युचुअल फण्डमा समेत लगानी गर्न छाड्छन् । तर, यो गलत रणनीति हो । किनभने मन्दीले ग्रस्त बजारमा म्युचुअल फण्डमार्फत गरिएको लगानीले रिटर्न राम्रो दिनसक्छ । बजारमा करेक्सन आएपछि तपाईलाई त्यही रकममा म्युचुअल फण्डका अन्य इकाईहरु समेत खरीद गर्ने अवसर प्राप्त हुन्छ ।