काठमाण्डौ । जानकारहरुले अहिलेको सेयर बजारलाई गम्भीर क्यान्सरले सताएको उल्लेख गर्दै यसको एन्टीबायोटिक सरकारसँग भए पनि त्यो नचलाउँदा अवस्था दिनप्रतिदिन भयावह बन्दै गएको बताएका छन् । 

राजधानीमा सोमबार आयोजना भएको कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका पूूर्व कार्यकारी निर्देशक गोपाल भट्टले बजार स्थिर हुनुुमा पेजिमेष्टिक अवस्था भएको रहेको बताए । नेप्से इण्डेक्स बढ्दा लगानीकर्ताहरुको पनि आत्मविश्वास बढ्ने, तर इण्डेक्स ओरालो लाग्दा लगानी फिर्ता नहुने भएकाले निराश हुने गरेको दाबी गरे । 

बजारको उत्तारचढावमा मुख्य भूमिका सरकारी नीतिको हुने जिकिर गर्दै अहिले बजार तल खस्किनुको मुख्य कारक सरकार भएको भट्टको आरोप छ । मार्केट ११ सय इण्डेक्स वरिपरि घुमिरहेको र सरकारी नीति तथा बोली र प्रतिबद्धता पूरा हुने हो भने बजार २५ सय इण्डेक्स जाने दाबीसमेत गरे ।

स्टक ब्रोकर्स एसोसिएसनका अध्यक्ष भरत रानाभाटले हाल बजार डिप्रेस्ड भएकाले सबैले दायित्वबोध गर्दै केही इनिसियसन लिनुपर्ने सुझाव दिए । 

ग्लोबल आइएमई क्यापिटलका सीइओ पारसमणि ढकालले लगानीकर्ताहरुको आत्मविश्वास बूूष्टअप गर्न सरकारले समेत भिजिबल प्याकेज ल्याउनुपर्ने धारणा राखे ।

सोही कार्यक्रममा नेपाल पूँजीबजार संघकी अध्यक्ष राधा पोखरेलले पूँजी बजारको विकास तथा विस्तारमा नियामक नेपाल धितोपत्र बोर्ड र अर्थमन्त्रालयबीच तातो आलूको खेल भइरहेको आरोप लगाएकी छिन् । विगत ४ वर्षदेखि बजारले पेनकिलर खाइरहेको उल्लेख गर्दै अध्यक्ष पोख्रेल बजार क्यान्सरमय भइसकेकोले सम्बन्धित निकायले पहल गर्न जोड दिइन् । लाभकर गणनामा भारित औसत लागत विधि र सम्पत्ति सुुद्धीकरणमा नियामकले लगानीकर्तालाई स्पष्ट पार्न नसकेको अध्यक्ष पोख्रेलको गुुनासो छ ।

यसैबीच दबाब समूहका महासचिव नयन बास्तोला ५८ बुुँदे सुुझावको कार्यान्वयनसँगै सरकारले प्याकेज घोषणा गर्नुुपर्ने धारणा राखे ।

नेपाल पूँजीबजार संघकी अध्यक्ष संरक्षणा चौधरीले लगानीकर्तामा चरम निराशा भएकाले सरकार र नियामकले तत्कालै ध्यान दिन जरुरी रहेको बताइन् ।