काठमाण्डौ । एक सातादेखि बन्द भएको सेयर बजार पुुनः आगामी साताको मंगलबारसम्मका लागि बन्द भएको छ । 

नेपाली सेयर लगानीकर्ताहरुको मनोबल बढ्दै गइरहेका बेला चीनबाट सुुरु भएको नोवेल कोरोना भाइरसको संक्रमणले विश्वलाई नै त्राहिमाम बनाइरहँदा त्यसैको प्रत्यक्ष असर नेपालको दोस्रो बजारमा पनि पर्न गयो । 

नेप्से परिसूूचक १६ सय विन्दूू पार गरेर बजार सुुधार भइरहँदा कोरोना भाइरसकै त्रासदीले लगानीकर्ताहरुको मनोबलसमेत एकाएक खस्केर बजार निरन्तर ओरालो लागिरहेको छ । बजार गिरावटको प्रमुुख कारण पनि कोरोना भाइरस नै भएको बजारसम्बद्ध सरोकारवालाहरुको ठम्याइ छ ।

नोवेल कोरोना भाइरसकै कारणले नेपालको सेयर बजारमात्रै हैन बिदेशी सेयर बजारसमेत गिरावटको चपेटामा परे । भारतमा सरकारले सेयर बजारका लागि भनेर राहत प्याकेज घोषणा भएपछि भने बजार निरन्तर सुुधारको मार्गमा छ ।

मुुलुुक हाल विगत एक सातादेखि लकडाउन रहेकोमा हिजो मन्त्रिपरिषद्कै निर्णयले आगामी चैत्र २५ गतेसम्मका लागि पुुनः लकडाउनको अवधि थप गरेको थियो ।

सक्रिय लगानीकर्ता हरेराम घिमिरेका अनुुसार सरकारले पूूँजीबजारप्रति सकारात्मक भूूमिका खेल्नुपर्छ । हिजो मात्रै राष्ट बैंकले जारी गरेको केही औजारहरु चित्तबुझ्दो र उपयुुक्त रहेको जिकिर गर्दै उनले पूँजीबजारको सहज वातारण बनाउन भूूमिका खेल्नुुपर्नेमा जोड दिए ।

तेस्रो त्रैमास नजिकिँदै जाँदा सूूचीकृत कम्पनीहरुको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित नगरी एकैचोटि वार्षिक वित्तीय विवरण सार्वजनिक गर्नुुपर्ने स्टक ब्रोकर एशोसिएसनका अध्यक्ष भरत रानाभाटको ठहर छ । 

सम्भवतः बैशाखदेखि बजार खुुलेमा तेस्रो त्रैमासको वित्तीय विवरणमा कोरोना भाइरसको असरले बैंक वित्तीय संस्थाहरुको नाफामा गिरावट आउने स्वभाविक छ,उनले बिजशालासँग कुुराकानीका क्रममा भने आकर्षक वित्तीय विवरण नआउँदा लगानीकर्तामा थप प्यानिक सिर्जना हुुन सक्दछ ।

सरकारले पछिल्लो समयमा गरेको जोडबलकै आधारमा नागरिक लगानी कोषले नागरिक स्टक डिलर कम्पनी खडा गरिसकेको अवस्था छ । त्यसैगरी कर्मचारी सञ्चय कोषले पनि स्टक डिलर कम्पनी स्थापना प्रक्रिया बढाइसकेको छ । यो अवस्थामा बजार खुुल्ने बित्तिकै सरकारले पुुुनः निर्देशन दिई अविलम्ब दुुवै कोषलाई स्टक डिलरका रुपमा सक्रिय बनाउने भूूमिका सरकारले खेल्नुपर्ने बजारसम्बद्ध जानकारहरु बताउँछन् ।

यतिमात्र हैन कि भर्खरै अर्थमन्त्री डा युवराज खतिवडाले इन्स्योरेन्स कम्पनीहरुले कलेक्सन गरेको प्रिमियम रकम सेयर बजारमा लगानी गर्न निर्देशन दिइसकेका छन् । बजार खुुल्ने बित्तिकै अर्थमन्त्रीको निर्देशनलाई कार्यान्वयन गर्न बीमा समितिले बीमा कम्पनीहरुलाई अविलम्ब निर्देशन दिएको खण्डमा बजार सुुधार गरी लगानीकर्ताहरुको मनोबल उकास्न सकिने जानकारहरुको दाबीसमेत छ ।