काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले धितोपत्र खरिद गर्दा लगानीकर्ताले तिर्नुुपर्ने अग्रिम २५ प्रतिशत रकम भुुक्तानीमा भएको अव्यवहारिक कठिनाइका विषयमा छलफल गर्न नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) र ब्रोकरहरुलाई  निर्देशन दिएको छ ।

धितोपत्र दलाल व्यवसायी(स्टक ब्रोकर)हरुलाई धितोपत्र खरिदका निम्ति तिर्ने २५ प्रतिशत अग्रिम भुुक्तानीमा सहजता सिर्जना गर्न ब्रोकर र नेप्सेलाई आवश्यक छलफल गरी लचकता अपनाउन निर्देशन दिइएको नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिएका छन् । 

गत बैशाख ३० र ३१ गते धितोपत्र बजार सुुचारु भए पनि बजारमा धितोपत्र खरिदको आपूूर्तिको तुलनामा माग न्यूून रहेको र धितोपत्र खरिदको माग सिर्जना हुुन नसकेकाले अग्रिम रकम भुुक्तानीका विषयमा केही लचक वा कटौती गर्ने विषयमा आवश्यक छलफल गर्न निर्देशन दिइएको गिरीको दाबी छ । ‘हामीले ब्रोकरले कडाइपूर्वक लिने अग्रिम २५ प्रतिशत रकमलाई १० प्रतिशतसम्म झार्ने विषयमा ब्रोकर र नेप्सेलाई वर्कआउट गर्न भनेका छौं।’उनले बिजशालासँग भने।

यसै विषयमा नेप्सेलाई बुुझ्दा यसबारे कुुनै जानकारी नभएको र औपचारिक रुपमा पत्र नआएको जनाएको छ । यसैबीच, अग्रिम रकमको प्रतिशत घटाउने विषयमा आफूू जानकार नभएको एसोसिएसनका अध्यक्ष भरत रानाभाटले जिकिर गरे । २५ प्रतिशत रकम लगानीकर्ताबाट ब्रोकरहरुले लिंदा बजारमा माग सिर्जनामै अवरोध खडा वा बाधक बनेको भए छलफल गर्न सकिने रानाभाटको धारणा छ । यी बाहेक अरु कुुुनै विषयले बजारमा धितोपत्रको माग सिर्जनामा अवरोध भए छलफल गर्न सकिने समेत उनको धारणा छ । 

गत बैशाख २६ गते शुुक्रबार नेपाल धितोपत्र बोर्डले लगानीकर्ताबाट सेयर खरिदअगावै अग्रिम २५ प्रतिशत रकम कडाइका साथ लिइनुुुपर्ने निर्देशन नै दिएको थियो । तदरुप नै ब्रोकरहरुले पनि कडाइका साथ खरिदकर्ताबाट अग्रिम २५ प्रतिशत रकम लिइसकेपछि मात्र खरिद अर्डर कार्यान्वयन गरे ।

अग्रिम २५ प्रतिशत रकम लिइने प्रावधान धितोपत्र कारोबार सदस्य विनियमावली,२०५५ बमोजिम नै भएको व्यवस्था हो । लगानीकर्ता र ब्रोकरको आपसी समझदारीमा अग्रिम रकम लिइने प्रावधान भए पनि त्यसमा प्रायः ब्रोकरहरुले कार्यान्वयन गरेका थिएनन् ।

सेयर खरिदको अर्डर गर्नुुअगावै लिइने २५ प्रतिशत रकमको प्रावधानलाई अधिकांश लगानीकर्ताहरुले विरोध जनाइरहेका छन् । उक्त प्रावधान कडाइपूूर्वक कार्यान्वयन गरेकाले समेत बजारमा धितोपत्रको माग सिर्जना हुन नसकेको एकथरि जानकारहरुको भनाइ छ ।