काठमाण्डौ । विश्वका सबैभन्दा ठूला लगानीकर्ता तथा चौथो धनी व्यक्ति वारेन बफेटको लगानी रणनीतिलाई पछ्याएर एक व्यक्ति करोडपति भएका छन् । हाल ९८ वर्ष पुुगेका एक व्यक्तिले ७० वर्षअघि केही हजार खर्च गरी एक कम्पनीको सेयर खरीद गरेका थिए । जसको मूल्य आजको दिनमा करोडौं पुुगिसकेको छ । आउनुहोस्, ती व्यक्तिले वारेनबाट सिकेका लगानीमन्त्रको बिषयमा तपाई पनि बुुझ्नुुहोस् । 

को हुन् यी व्यक्ति ?
यी व्यक्ति अमेरिकाका रस ग्रेमेल हुन् । शिकागोमा बस्ने ९८ वर्षीय ग्रेमेलले ७० वर्षअघि १ हजार डलर एक कम्पनीको सेयरमा लगानी गरेका थिए । जसको मूल्य आज २० लाख डलर भएको छ । उनको लगानी यो लामो समयको दौरान २ हजार गुनाले वृद्धि भएको छ । अर्थात, हरेक १ सय रुपैयाँको लगानी बढेर २ लाख बनेको छ । 

किन्ने अनि होल्ड गर्ने
ग्रेमेलले लगानीका बादशाह वारेन बफेटको खरीद गर्ने र होल्ड गर्ने रणनीति अपनाए । बफेका अनुसार लगानी लामो समयका लागि सोचेर गर्नुपर्छ, अनि मात्र राम्रो नाफा कमाउन सकिन्छ । लगानी गरेर लामो समयसम्म पर्खन सकियो भने मात्र राम्रो रिटर्न प्राप्त हुन्छ । 

ग्रेमेलका अनुसार उनले त्यसबेलै सोचे कि मानिसलाई औषधि सधैं चाहिन्छ । यस्तै, महिलाहरुले सधैं मेकअपको सामान खरीद गर्छन नै । यही कारण उनले यी प्रोडक्ट उत्पादन गर्ने कम्पनीको सेयर लामो समयसम्म होल्ड गरे र मालामाल बने ।

बफेटलाई पछ्याए
९८ वर्षीय यी व्यक्तिले आफ्नो जीवनमा बफेटलाई नै पछ्याएको बताएका छन् । उनी अहिले पनि त्यही घरमा छन्, जहाँ उनको बाल्यकाल बितेको थियो । उनले खरीद गरेको पहिलो कार उनको साथमा २५ वर्षसम्म रह्यो । यसअलावा उनले सामान्य जीवन बिताए । वारेन बफेट पनि पुरानै घरमा बस्ने गर्छन । 

लगानीअघि अध्ययन
वारेन बफेट सधैं मानिसलाई लगानीको मन्त्र दिइरहेका हुन्छन् । बफेटका अनुसार लगानी गर्नुअघि कम्पनीको बिषयमा राम्रो अध्ययन गर्नुपर्छ । अध्ययन गरेपछि मात्रै कम्पनीमा लगानी गर्नुपर्छ । लगानीलाई लामो समयसम्मका लागि होल्ड गर्नुपर्छ । 

रिटर्न दिने कम्पनीलाई मात्र सही मूल्य लगाउनुहोस्
बफेटका अनुसार लगानीकर्ताले आफूले खरीद गर्न चाहेको सेयरको मूल्य हेर्नुपर्छ । यसको मतलब यो होइन कि तपाईले थोरै मूल्यको सेयरमा लगानी गर्नुहोस् । राम्रो मूल्य त्यस्तो कम्पनीलाई मात्र लगाउनुपर्ने हुन्छ, जोसँग लामो समयसम्म मूल्य बढ्ने र रिटर्न दिने क्षमता समेत छ ।