काठमाण्डौ । कुनै बेला १८ सय माथि पुुगेको नेप्से परिसूचक १४०० को आसपास घुमिरहेको छ । बजार बढ्ला भन्ने आशा बलियो बनिरहेको छैन । पछिल्लो समय नेप्से परिसूचक घटेर १४०० तल पुगिसकेको छ । यो क्रममा लगानीकर्ताको करोडौं रुपैयाँ डूबिसकेको छ । यस्तो अवस्थामा धेरै लगानीकर्ता अत्तालिएका छन् र कतिपयले त बुुझ्दै नबुुझी सेयर बिक्री गर्ने हतारो समेत देखाएका छन् । 

तर, के तपाईलाई थाहा छ, जब सेयर बजार घट्छ नि त्यहाँ यसले प्रोफिटको अवसर पनि सिर्जना गरिरहेको हुन्छ । यो नाफाको पछाडि सेयर बजारको एउटा खास नियमले काम गर्दछ । जब सेयर बजारमा हाहाकार मच्चिन्छ, त्यसबेला पनि कमाईको मौका उत्तिकै बचिरहेकै हुन्छ । तर, यस्तो कमाई तूरुन्तै हुँदैन, दीर्घ वा अल्पकालीन बजारबाट तपाईले यस्तै बेलामा समेत राम्रो नाफा बुक गर्न सक्नुुहुन्छ । 

बजारको हुन्छ यस्तो साइकिल
अधिकांश विज्ञका अनुसार सेयर मार्केटको समेत खास एउटा साइकिल हुन्छ । यो साइकिल अनुसार एउटा रेकर्ड लेभल(उचाई)मा पुुगेको बजार घट्न थाल्छ । त्यसपछि बजारले पुनः पुरानै उचाईमा फर्किने कोशिश गरिरहेको हुन्छ । अहिले नेपालको सेयर बजारमा यस्तै ट्रेण्ड देखिएको छ । १८८१ को रेकर्ड लेभलमा पुुगेको बजार घटेर निकै तल आई अहिले १४०० कै आसपास फनफनी घुमिरहेको छ । बजारको प्रवृति हेर्दा यसले फेरि १८८१ को लेभलमै फर्किने कोशिश गरिरहेको बुुझ्न सकिन्छ । बजार माथि पुुगेर तल झर्नुुलाई मार्केट करेक्सनको रुपमा समेत बुुझ्ने गरिन्छ । अहिलेको यो चरणलाई पनि धेरै विज्ञ करेक्सनकै चरण भन्ने गर्छन् । 

गिरावटपछि फेरि उचाई
सामान्य रुपमा देशको अर्थतन्त्र ठीकठाक नै छ । बैंक तथा बित्तीय संस्था, बिमा कम्पनी र अन्य सूचिकृत कम्पनीहरुको अवस्था समेत बिग्रिहालेको छैन, सबैको नाफा बढेकै छ । राजनीतिक वातावरणमा पनि सुधार भइरहेको छ । यस्तो अवस्थामा केही समय १४०० कै आसपास घटबढको यात्रा गरे पनि बजार केही समयपछि भने मार्केटको नियम अनुसार बढेर माथि पुुग्ने निश्चित छ । 

यही कारण बजारमा गिरावट आइरहेको बेला किनेको सेयरले बजार उचाईमा पुुगेको अवस्थामा मालामाल बनाइदिनसक्छ । नेपालको सेयर बजार पनि अहिले यही मोडमा छ । यस्तो अवस्थाको खरिदारीलाई विज्ञहरुले बाई अन डिप पनि भन्ने गर्छन । त्यसकारण अहिलेको घट्दो बजारमा सेयर बेचेर भाग्ने होइन, किनेर भविष्यमा राम्रो नाफाका लागि आफूलाई तयार गर्नु बुद्धिमता हुन्छ ।

यो विश्लेषणलाई यसरी बुुझौं

उदाहरणनम्बर-१
अवस्था : जब बजार सर्वाधिक उचाईमा छ

मानौ, नेप्से १८ सय भन्दा माथिको उचाईमा छ र तपाईले सेयर खरीद गर्नुभयो । तपाईले १० हजार रुपैयाँ सेयर किन्नुुभयो । बजारमा कुनै कम्पनीको सेयरको मूल्य १०० रुपैयाँ रहेको छ, यो हिसाबले तपाईले १०० कित्ता सेयर किन्नुुभयो । बजार यो उचाईबाट ओर्लिरहेको छ । अनि बजार घटेर त्यसको मूल्य ७० रुपैयाँ कायम भयो, मानौं । यस्तो अवस्थामा तपाईको १० हजारमा किनेको सबै सेयरको मूल्य ७ हजारमा सीमित भइदियो । फेरि मानौ, बजारले यहाँबाट उचाईको यात्रा तय गर्छ । त्यसपछि तपाईको सेयर मूल्य फेरि १०० रुपैयाँ नै कायम भयो । त्यसपछि तपाईको कुल सेयरको मूल्य पुनः कुल १० हजार भयो । तर, तपाई नाफा भयो शून्य ।

उदाहरण नम्बर-२
अवस्था: जब बजार घटिरहेको छ

मानौ, सेयर बजार सर्वाधिक उचाईमा थियो । एक सेयरको मूल्य १०० रुपैयाँ थियो । त्यसबेला तपाईले लगानी गर्नुभएन(सेयर किन्नुुभएन )। जब बजार घट्यो र सेयरको मूल्य ७० रुपैयाँमा आइपुुग्यो । यस्तो अवस्थामा तपाईले १० हजारमा १४२ कित्ता सेयर किन्न पाउनुुहुन्छ । यसको अर्थ तपाईलाई सिधा सिधा ४२ कित्ता सेयरको फाइदा भयो । फेरि मान्नुुहोस्, बजार पुनः पुरानो उचाईमै फर्कियो । त्यसपछि एक सेयरको मूल्य १०० रुपैयाँ कायम भयो । यस्तो अवस्थामा तपाईको लगानीको मूल्य १४ हजार २०० कायम भयो । यसको अर्थ तपाईलाई सिधा ४२०० सय रुपैयाँ नगद र ४२ कित्ता सेयरको फाइदा प्राप्त भयो । 

अब तपाई आफैं निर्णय गर्नुहोस्- सेयर कुन बेला किन्ने ? र, कुन बेला बेच्ने ?