-सन्दिप पौडेल
हिजोआज हरेक व्यक्ति पूँजीबजारका जिज्ञासु हुनुको साथै लगानी गर्न इच्छुक पनि छन्। पूँजी बजारमा लगानी गर्नुअघि पर्याप्त ज्ञान र जानकारीको आवश्यकता पर्दछ। सेयरमा लगानी गर्नुपूर्व हरेक लगानीकर्ताहरूले आफूमा तीन महत्वपूर्ण गुणको विकास गर्न जरूरी हुँदो रहेछ: अध्यनशील, धैर्यशील, सहनशील । यी तीन चिज हरेक अनुशासित र सफल हुन चाहने लगानीकर्तामा हुन आवश्यक रहेछ भन्ने कुरा बजारमा आएर थाहा पाएँ । 

सेयरबजारमा लगानी गर्नुअघि मुलुकको समग्र आर्थिक अवस्था, उद्योग ब्यवसायको नीतिनियम आदि  निकै अगाडिबाट नियाल्न जरूरी छ। देशको अर्थतन्त्र, उद्योगधन्दाका कामकाइदा सरकारी नीतिनियम आदिले लगानीको रिटर्न प्रभावित पार्नसक्छन् । 

सरकारले आर्थिक विकासका लागि केकस्ता योजना र रणनीति तयार पारेको छ र आफूले लगानी गर्ने कम्पनीको उद्योगमा कस्तो प्रभाव पर्नेछ भन्ने कुरामा लगानीकर्ताहरू संवेदनशील हुन सक्नुपर्दछ ।

जोखिम, प्रतिफल र विश्लेषण सेयरबजारका तीन प्रमुख तत्व हुन् जो हरेक लगानीकर्ताले निर्णय गर्नुअघि बुझेको हुनुपर्छ । मुलुकको आर्थिक गतिविधि, शोधानान्तर स्थिति, मुद्रास्फ्रिति, रोजगारी सिर्जना आदि फ्याक्टरहरू आर्थिक नीति अन्तर्गत पर्दछन्। 

अर्थतन्त्र र सेयरबजारको सकरात्मक सम्बन्ध हुने गर्दछ। अर्थतन्त्र बलियो र सुदृढ बन्दै गएमा सेयरबजार पनि फस्टाउँछ भने अर्थतन्त्र कमजोर र धरासायी बन्दै गएमा ठ्याक्कै उल्टो हुने गर्दछ। त्यही हुनाले देशमा राजनीतिक स्थिरता, आर्थिक क्रान्ति एवम् रोजगारी सिर्जना हुँदा सेयरबजार बढेको पार्इन्छ। 

विश्वका चर्चित सेयर विश्लेषक पिटर लिन्चले आफ्नो पुस्तक वान अप अन वालस्ट्रीटमा लेखेका छन्-लगानी गर्नुअघि सर्वप्रथम कम्पनी कस्तो ब्यवसाय हो, आम्दानी र नाफा कसरी कमाउन सक्छ, कस्तो फ्याक्टरहरूले कम्पनीमा नोक्सानी निम्त्याउन सक्छ भन्ने कुरामा लगानीकर्ताहरू प्राथमिक चरणमा स्पष्ट हुन जरूरी छ। उदाहरणका लागि बिमा कम्पनीहरूमा लगानी गर्नुअघि बिमा के हो, बिमा कम्पनीले कसरी कमाउँछन, कसरी आफ्नो सेवा विस्तार गर्न सक्छन् आदि कुरामा स्पष्ट हुनुपर्दछ। 

भ्यालु इन्भेष्टिङका गुरू बेन्जामिन ग्राहमले भनेका छन्ः पहिला बिजिनेश बुझनुस् अनि लगानीलार्इ अघि बढाउनुस्, बिजिनेश नबुझी लगानी गर्ने भनेको स्पेक्युलेसन गर्नु हो। 

तसर्थ हामी लगानीकर्ताहरूले लिन्च र ग्राहमले भने झै पहिला उद्योग ब्यवसाय अर्थात बिजिनेश बुझ्न आवश्यक छ। हामीले लगानी गर्न रूचाएको कम्पनीको ब्यवसाय बुझी मात्रै हामीले आफ्नो लगानी निर्णय लिनुपर्दछ। 

यसरी कम्पनीको आधारभूत पक्षहरू केलाउँदै ब्यवसाय बुझी सो कम्पनीले आफ्नो उद्योग(सेक्टर)भित्र सबै उद्योगमाझ प्रतिस्पर्धरात्मक क्षमता बोकेको छ कि छैन, सो कम्पनीले बजार कसरी पिट्नसक्छ भन्ने कुरामा लगानीकर्ताहरू सचेत हुनुपर्दछ। यसरी लगानीकर्ताहरूले अर्थनीति र उध्योगनीति बुझी सेयरबजारमा कम्पनी छनौट गर्न रणनीति तय गर्न सक्दछन्। 

सेयरबजारमा कम्पनी छनौट गर्न लगानीकर्ताहरूले निम्न आधारहरूमा केन्द्रित हुनुपर्दछः
१.सर्वप्रथम आफ्नो योजनामा स्पष्ट हुनुहोस्। म किन सेयरबजारमा लगानी गर्दैछु, चाहे सम्पति निर्माण गर्न, घर खर्च जुटाउन, छोराछोरीको पठनपाठन र बिमा गर्न आदि योजनामा स्पष्ट हुनुहोस।
२.अन्डरभ्यालुड सेयरहरू आफ्नो सूचीमा समावेश गर्नुहोस्।
३.कम्पनीको ब्यवसाय र उद्योग बुझेलगतै सोही उद्योगभित्र ख्याती कमाएका र ब्यवसायमा कम प्रतिस्पर्धा भएका वा बढी प्रतिस्पर्धरात्मक क्षमता बोकेका कम्पनीहरूमा लगानी गर्नुहोस। 
४.कम्पनी छनौट प्रकियामा सबैभन्दा महत्वपूर्ण पक्ष भनेको वित्तिय विश्लेषण गर्नु हो। सबै बाहिरी पक्षहरू राम्रो भएको खण्डमा वित्तिय सूचकहरू पनि राम्रै हुन्छन् भन्ने हुँदैन। कुनै पनि कम्पनीमा लगानी गर्नुपूर्व सो कम्पनीको वित्तिय अवस्था , स्वस्थता, नाफा नोक्सान, तरलता आदि सम्पूर्ण वित्तिय सूचकहरूको राम्रो खोजपर्ताल गर्नुहोस्। वित्तिय सूचकहरूको मूल्याकंन गर्नलार्इ निन्न न्यूनतम आधारहरू तय गर्नुहोसः
क.बढदो वा तुलनात्मक रूपमा धेरै प्रतिसेयर आम्दानी भएका कम्पनी,
ख.कम मूल्य आम्दानी अनुपात भएका कम्पनी,
ग. प्रोफिट मार्जिन बढ्दो भएका कम्पनी,
घ.नियमित रूपमा बोनस र लाभांश बाँडेका कम्पनी,
ङ. सेवा र वस्तु बिस्तारमा जोड दिने कम्पनी,
च. वित्तिय विवरणको साथसाथै कम्पनीको गैरवित्तिय पक्षहरूको मूल्याकंन गर्न उत्तिकै जरूरी छ। जस्तै कम्पनीको कुशल  ब्यवस्थापन, संस्थागत सुशासन, कम्पनीलार्इ अघि बढाउनेप्रति ब्यवस्थापनको रणनीति, कार्यक्रम, समयमै साधारणसभा सम्पन्न गर्ने आदि ।

६.दैनिक नभर्इ नियमित रूपले बजारको गतिविधिमा सचेत रहनुहोस र साथसाथै अध्ययनशील बन्नुहोस्। कम्पनीले प्रकाशन गर्ने सूचना, वित्तिय विवरण, आदि सूचना र सन्देशमुलक कुराहरू खोजीखोजी पढ्ने बानी बसाल्नुस।

७.प्रवेश गर्ने र बजारबाट बाहिरिने समय पनि तय गर्दै अगाडि बढ्नुहोस् ।

माथि उल्लेखित आधारहरूमा सचेत रही लगानी गर्दा आफ्नो लगानीमा जोखिम न्यूनीकरण गर्न सकिन्छ।

(लेखक सेयरबजारको जिज्ञासु हुन्)