काठमाण्डौ । संघीय संरचनाबमोजिम गठित विभिन्न स्थानीय तहमा रहेका सेवाग्राहीहरुलाई सरल र सहज रुपमा बैंकिङ्ग सेवा  पुर्याउने उद्देश्यका साथ बैंकले सिरहा जिल्लाको बरियारपट्टी गाउँपालिकामा १ र कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिकामा १ गरी २ वटा शाखा कार्यालय  एकैसाथ आइतबारदेखि संचालनमा ल्याएकोछ ।

सिरहा जिल्लाको बरियारपट्टी गाउँपालिका वडा नं. ३ स्थित बैंकको बरियारपट्टी शाखा बरियारपट्टी गाउँपालिकाका अध्यक्ष  सन्तोषकुमार महतोबाट एक समारोहकाबीच  उद्घाटन भएको हो । 

त्यसैगरी कपिलबस्तु जिल्ला विजयनगर गाउँपालिका वडा नं.६ स्थित विजयनगर शाखा बिजयनगर गाउँपालिकाका अध्यक्ष  गोपालबहादुर थापा मगरले उद्घाटन गरे ।

शखा कार्यालय उद्घाटन कार्यक्रममा सम्बन्धित जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधि,  विभिन्न राजनीतिक दलका प्रतिनिधि,उद्योग वाणिज्य संंघका पदाधिकारी, विभिन्न संघ संस्थाका प्रतिनिधि, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति थियो ।