काठमाण्डौ । देवः विकास बैक लिमीटेडले आस्वा सेवामा लिंदै आएको सेवा शुल्क हटाएको छ । 

मंगलबार एक विज्ञप्ति जारी गर्दै यो बैंकले आस्वा सेवालाई निःशुल्क गरिएको बताएको हो । 

यसअघि पनि केही बैंक तथा बित्तीय संस्थाहरुले आस्वा सेवालाई निःशुल्क बनाइसकेका छन् ।

पूँजी बजारमा ग्राहकबाट गरिने लगानीलाई सहज, मितव्ययी र लगानीमैत्री बनाउन आस्वा सेवा निःशुल्क गरिएको बैंकका प्रबन्धक नवीनमुनि बज्राचार्यले जानकारी दिएका छन् । 

यो बैंकले वार्षिक ८.५० प्रतिशत व्याज प्राप्त हुने “आस्वा लगानी खाता” समेत संचालनमा ल्याएको छ ।