काठमाण्डौ । जनता बैंक नेपाल लिमिटेडले शाखा तथा सेवा बिस्तारमा आक्रामक बन्न थालेको छ।

बैंकले चैत लागेपछि २ शाखा र ५ शाखारहित बैकिङ्गको सुरुवात गरेको हो ।

बाराको सिमरौनगढ शाखाबाट चैत्र १ देखि र पोखराको बुढीबजार शाखाबाट चैत्र ५ गतेदेखि कारोबार थालिएको हो । 

यस्तै, कैलाली जिल्लाको गौरी गंगा न.पा. ६, बनवेहडा, जानकी न.पा. १, दुर्गौली र गोदावरी न.पा. ८, स्याउले बजार तथा दाङ जिल्लाको राप्ती गा.पा. ४, मौरीघाट र लमही न.पा. ३, फलकापुर गरी पाँच स्थानबाट शाखा रहित बैंकिङ्ग सेवा समेत सुरु गरिएको बैंकले विज्ञप्तिमार्फत जनाएको छ । 

योसँगै जनता बैंकको शाखा सञ्जाल ९८ पुुगेको छ भने ३१ वटा शाखारहित बैंकिङ्ग, ३ सीमित बैंकिङ्ग ईकाइ, ३ एक्सटेन्सन काउण्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको छ ।