काठमाण्डौ । जनता बैंक नेपाल लिमीटेडले शाखा बिस्तारमा आक्रामक रणनीति लिएको छ । यो बैंकले एकैसाथ ८ शाखाको स्थापना गर्दै त्यहाँबाट कारोबारको औपचारिक सुरुवात गरेको हो । 

चालु आर्थिक बर्षको सुरुदेखि नै शाखा बिस्तारमा निरन्तरता दिएको बैंकले निम्न लिखित ठाउँबाट शाखा स्थापना गरी कारोबारको औपचारिक उद्घाटन गरेको हो:

  1. रामपुर शाखा, रामपुर न.पा. ५, पाल्पा
  2. टिकापुर शाखा, टिकापुर न.पा. १, कैलाली
  3. वालिङ शाखा, वालिङ न.पा. ८, स्याङ्जा
  4. महाराजगञ्ज शाखा, काठमाडौं महानगरपालिका ३, काठमाडौं
  5. ग्वार्को शाखा, ललितपुर महानगरपालिका ८, ललितपुर
  6. नयाँमिल शाखा, तिलोतमा न.पा. ५, रुपन्देही
  7. दुम्किबास शाखा, बिनयीत्रिवेणीगाउँपालिका १, नवलपरासी
  8. भुरीगाँउ शाखा, ठकुरबाबा न.पा.वडा नं. १, बर्दिया

उल्लेखित शाखामध्ये रामपुर, टिकापुर र वालिङ शाखाको कारोवार २०७४ चैत्र १५ गते देखि र बाँकी ५ शाखाको कारोवार चैत १६ गतेदेखि सुरु भएको बैंकले जनाएको छ ।

यससँगै बैंकको शाखा संख्या १०६ पुगेको छ भने काठमाडौं उपत्यकामा १७ शाखा सञ्जाल पुुगेको छ । यस अतिरिक्त बैंकले ३३ शाखारहित बैंकिङ्ग, २ सीमित बैंकिङ्ग ईकाइ, ३ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको  छ । 

बैंकको हाल रु. ५३ अर्ब २४ करोड निक्षेप र रु. ४९ अर्ब ८२ करोड कर्जा कारोवार रहेको छ । बैंकले आ.ब. २०७३/७४ को मुनाफाबाट बोनस शेयर वितरण गरेपश्चात चुक्तापुँजी रु. ८ अर्ब ७ लाख पुगेको छ ।