काठमाण्डौ । एनआईबिएल एस क्यापिटल लिमिटेडले एकसाथ वीरगञ्ज, बुटवल र बिराटनगरमा थप ३ नयाँ शाखाहरु बिस्तार गरेको छ । 

काठमाण्डौ बाहिर ललितपुर र पोखरामा शाखा बिस्तार गर्ने पहिलो मर्चेन्ट बैंकको रुपमा स्थापित यो क्यापिटलले थप शहरमा शाखा बिस्तारमा आक्रामक रणनीति लिएको हो । 

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी अहिलेको बजारमा एक अग्रणी कम्पनीको रुपमा स्थापित भई मर्चेन्ट बैंकिङ्ग अन्तर्गतका सेवाहरु विभिन्न संस्थाहरु लगायत सर्वसाधारणहरुलाई प्रदान गर्दै आइरहेको छ । 

यस कम्पनीले हालसम्म १ लाख ५० हजार भन्दा बढी हितग्राही खाता संचालन गर्दै आइरहेको छ भने बिभिन्न बैंक/वित्तीय संस्था, बीमा कम्पनी, जलविद्युत कम्पनी तथा होटल गरी जम्मा ३७ वटा कम्पनीहरुको शेयर रजिष्ट्रेशन सम्बन्धी कार्य गर्दै आइरहेको छ ।

आफ्ना ग्राहकहरुको विश्वास र व्यापकतालाई मध्येनजर गर्दै कम्पनीले भविष्यमा अन्य प्रमुख शहरहरुमा शाखाहरु खोली सेवा विस्तार गर्दै जाने योजना बनाएको छ । यस कम्पनीले हाल दिइरहेका सेवाहरु नेपाल इन्भेष्टमेन्ट बैकका सबै शाखाहरु लगायत यस कम्पनीको लालदरबार काठमाडौं, लगनखेल ललितपुर, चिप्लेढुङ्गा पोखरा शाखाबाट उपलव्ध भइरहेकोमा हाल विस्तारित नयाँ शाखाहरुबाट समेत निष्काशन तथा बिक्री प्रबन्ध, शेयर रजिष्ट्रेशन, धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य र सामूहिक लगानीकोष अन्तर्गतका सेवाहरु थप व्यवस्थित हुने कम्पनीले विश्वास लिएको छ ।